www.tandavnews.com
Fact ~ In search of truth

एशियाली लघु चलचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा : पोखराका श्रेष्ठले जिते पब्लिक च्वाइस अवार्ड

पोखरा ।

गत जुलाईमा थाइल्याण्डमा आयोजना भएको एशियाली लघु चलचित्र अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धाको नतिजा सार्वजानिक भएको छ ।

प्रतिस्पर्धामा पोखराका कृष्ण कुमार श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेका छन । लागुपदार्थ प्रयोग कर्ताहरुको एशीयाली सञ्जाल, ए एन पि यू डी ले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाललगायत १६ वटा एशीयाली मुलुकहरुको सहभागिता रहेको थियो ।

Batas

फिलिपिन्सका अर्जनमर रेवताको ‘अ बक्सिङ कन्ट्रि ’ द वेस्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भए भने अर्का नेपाली वृत्तचित्र निर्मता बिक्की कार्कीको ‘इफ अन्लि दे वेअर नट क्रिमिनलाइज्ड ’ दोस्रो भयो ।

त्यसै गरी ‘अ जेल इन जेल्ड नेसन ’ नामक वृत्तचित्र तेस्रो र पोखराका वृत्तचित्र निर्माता श्रेष्ठको ‘इन्टु द लाइट ’ ले पब्लिक च्वाइस टाइटल पाउन सफल भएको थियो । बिजेताले अवार्ड सङ्गै क्रमश पहिलोले २५०० अमेरिकी डलर, दोस्रो १२०० अमेरिकी डलर, तेस्रोले ८०० अमेरिकी डलर र पब्लिक च्वाइस बिजेताले ५०० अमेरिकी डलर प्राप्त गरेका छन ।

लामो समयसम्म लागु पदार्थ सेवन गरेका गरेका र लागु पदार्थ सेवनबाट नै प्राण घातक रोग एड्स लागेका ब्यक्तिहरु उद्दारको लागि स्थापना भएको कम्युनिटी सपोर्ट ग्रुपको बिषयमा श्रेष्ठले वृत्तचित्र तयार पारेका थिए ।

विभिन्न चार चरणको छनोट प्रक्रिया पछी अन्तिम १२ मा पर्न सफल वृत्तचित्रको नाम गत माघमा सार्वजानिक गरेको थियो । जसमा नेपालका ६ वृत्तचित्र पर्न सफल भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.