www.tandavnews.com
Fact ~ In search of truth

‘सहकारीको भविष्य राम्रो छ’

पाेखरा
ताण्डव न्यूज । 

कास्कीमा हाल कति सहकारी सञ्चालित छन् ,सबैभन्दा धेरै कस्ता सहकारी छन् ?

कास्कीमा हाल ६२९ वटा सहकारी सञ्चालनमा रहेका छन् । सबैभन्दा बढी वचत तथा ऋणको कारोबार हुने सहकारी संस्था छन् । त्यसपछि कृषि सहकारीको सङ्ख्या अधिक छ । क्रमैसँग अन्य विषयगत सहकारीको सङ्ख्या रहेको छ ।

Batas

अहिले सहकारीको अवस्था कस्तो छ ?

सहकारीको अवस्था अहिले राम्रो छ । सङ्घ, प्रदेश,स्थानीय तह सबैमा ऐन कानुन, नियमावलीहरु बन्ने क्रममा छ । सहकारीहरु बिस्तारै अपग्रेड भइरहेको छ ।

सहकारीको भविष्य कस्तो छ ?

नेपालको संविधानमै तीन खब्बे अर्थनीति भनिएको छ । तीन खब्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्र भएर संविधानको धारा प्रणालीमै उल्लेख गरेको छ । त्यसले गर्दा सहकारीको भविष्य राम्रो छ । त्यही किसिमले सहकारी अगाडि बढिरहेका छन् । भोलिको दिनमा अझै राम्रो हुने विश्वास छ ।

सर्वसाधारणले सहकारीलाई पत्याउने आधार के छ ?

सहकारी भनेको स्थानीय तहमा स्थानीय व्यक्तिले आफ्नो निम्ति आफैले स्थापना गरेको सहकारी हो । सहकारीको आवश्यकता भएर मात्रै सहकारीको स्थापना हुन्छ । अरुको निम्ति आवश्यक पर्छ भनेर खोलिने चिज होइन सहकारी ।

कास्कीमा सहकारी प्रतिस्पर्धाको अवस्था के छ ?

सहकारीको बिचमा प्रतिष्पर्धा भन्ने विषय हुदैँहुदैन । सहकारी भनेको जनस्तरबाट आवश्यकता पहिचान भएर खोलिने हो । त्यसैले प्रतिष्पर्धा भन्ने त हुदैँन । तर सहकारीहरु आ–आफ्नो तरिकाले अगाडि बढ्ने क्रममा आफूलाई अब्बल बनाउन मिहेनत त गर्नैपर्छ ।

सहकारीहरु उत्पादनमुखी भएनन् भन्ने गुनासो सुनिन्छ, सहकारीलाई उत्पादनमुखी बनाउन के गर्नुपर्ला ?

सर्वप्रथम सहकारीलाई उत्पादनमुखी बनाउन राज्यले त्यही किसिमको नितीनियमहरु बनाउनुपर्छ । सहकारीलाई उत्पादन गरेन मात्रै भनेर भएन । सहकारीलाई उत्पादन गर्ने वातारण बनाइदिनुप¥यो । उत्पादित चिज बिक्री हुने ठाउँ चाहियो । व्यवस्थित बजारीकरणको व्यवस्था हुनुप¥यो । दूधमा भएको सहकारीले अहिले लगभग–लगभग आत्मनिर्भर बनिसकेको छ । उत्पादनमुखी बन्नलाई बजार सुरक्षित हुनुपर्छ । आयाति चिजहरुलाई कम गराउनुप¥यो र यही उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । किसानहरुले गर्न चाहेको साना–साना व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.