www.tandavnews.com
Fact ~ In search of truth

लेखा सुपरिवेक्षण समितिको भूमिका

– सन्तोष घिमिरे

सहकारी संघ/संस्थाहरू समुदायद्वारा स्थापित सदस्यहरूद्वारा व्यवस्थापन र नियन्त्रण गरिने संगठनहरू हुन् । सहकारी संघ/संस्थाको सञ्चालन तथा व्यवस्थापनका निमित सञ्चालक समितिको भूमिका महत्वपूर्ण हुन्छ । सञ्चालक वा व्यवस्थापन पक्षद्वारा गरिएका काम कार्वाहीहरूको अनुगमन तथा नियमन गर्ने गरी सहकारीमा लेखा सुपरिवेक्षण समितिको व्यवस्था गरिएको हुन्छ ।

लेखा सुपरिवेक्षण समितिले संघ÷संस्थाको आन्तरिकरुपमा अनुगमन, नियमन गरी संगठनलाई सही मार्गमा डो¥याउने भूमिका खेल्ने कार्य गर्दछ । यसैले स्वनियमनको पाटोमा सहकारीहरूमा सबैभन्दा सशक्त भूमिका निभाउने निकाय लेखा सुपरिवेक्षण समिति हो । सदस्यहरूको वचत र सेयर लगायत सेवा सुविधाको विषयलाई अनुगमन गर्ने र सदस्य तथा संस्थाको हित रक्षा गर्ने सहकारीको महत्वपूर्ण अङ्ग लेखा सुपरिवेक्षण समिति हो । संघ/संस्थाको जिवन्तताका निमित यस समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेकाले सहकारीमा लेखा सुपरिवेक्षण समिति बिनाको संगठनको परिकल्पना पनि गर्न सकिन्न ।

Batas

सहकारी संघ/संस्थामा रहने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति दुबै संस्था सञ्चालन, व्यवस्थापन तथा अग्रगतिका महत्वपूर्ण निकायहरू हुन् । सञ्चालक समिति र व्यवस्थापनले गरेका काम, कार्वाहीहरू कत्तिको प्रभावकारी छन् । प्रचलित, ऐन, नियम, विनियम, नीति, निर्देशिका बमोजिम चलेका छन्, छैनन् अधिकारको प्रयोग, जिम्मेवारीप्रतिको सजगता के कस्तो छ भन्ने कुराको जा“च गर्ने लेखा सुपरिवेक्षण समिति बाहेक अर्को निकाय संस्थाभित्र रह“दैन ।

सञ्चालक समितिले गर्ने कामहरूको परीक्षण गरी व्यवस्थित र नियमसत ढङ्गले अघि बढाउने अङ्ग लेखा सुपरिवेक्षण समिति हो । सञ्चालक समितिले गरेका काम कुराको निरीक्षण गरी मूल्याङ्कन गर्ने, आवश्यक नियन्त्रण र सन्तुलनको भूमिका निर्वाह गर्ने अङ्ग लेखा सुपरिवेक्षण समितिको सक्रीय भूमिकामा मात्र व्यवस्थित रुपले सहकारीको मर्म अनुसार सञ्चालन हुन सक्ने भएकाले यी दुवै एक अर्काका परिपूरक हुन् ।

साधारण सभाद्वारा निर्वाचित तथा उत्तरदायित्व वहन गर्ने संघ÷संस्थाका शिखर अङ्ग दुबै भएको, दुवैको हैसियत बराबर भएकाले पनि कुनैलाई कम वा वेशी महत्व दिनु वा आक्“नु हुन्न । लेखा सुपरिवेक्षण समिति संघ÷संस्थाको स्वस्थताका निमित्त यसकारण अपरिहार्य अङ्गका रुपमा रहेको देखिन्छ ।

सहकारी संघ/संस्थाहरूमा आन्तरिक अनुगमन, नियमनका निमित्त सहकारी ऐन, नियम अनुसार साधारण सभाले ३ जनाको लेखा सुपरिवेक्षण समिति गठन गर्ने व्यवस्था रहेको पाइन्छ । जसमा संयोजक १ जना र सदस्य २ जना रहने व्यवस्था पाइन्छ । साधारण सभाद्वारा गठित यो समिति स्वभाविक रुपमा साधारण सभाप्रति नै उत्तरदायी हुन्छ । ऐन, नियम अनुसार लेखा सुपरिवेक्षण समितिलाई संघ/संस्थाको सवैभन्दा वढी जिम्वेवारी र दायित्व बोक्ने अङ्गका रुपमा लिएको पाइन्छ ।

संघ/संस्थाको दैनिक कार्य सञ्चालन गर्ने अङ्ग सञ्चालक समिति हो । सञ्चालक समितिको व्यवस्थापनमा संस्थाको दैनिक काम कार्वाही व्यवस्थित हुन्छ । तर लेखा सुपरिवेक्षण समिति भने दैनिक कार्य सञ्चालन गर्ने निकाय होइन । यो समिति त कार्य सञ्चालन कसरी भएको छ । कमी कमजोरीहरू के कस्ता छन् ? तिनलाई सुधार गर्नका लागि सञ्चालक समिति र व्यवस्थापनलाई निरन्तर राय, सल्लाह सुझाव दिने, सञ्चालक समितिले सुधार नगरे यथार्थ स्थिति साधारण सभा समक्ष प्रस्तुत गरी संस्थालाई ठीक गतिमा लैजाने समिति हो । यसको कार्यक्षेत्र सम्बन्धित संघ/संस्थाको सम्पूर्ण पाटो हो ।

लेखा सुपरिवेक्षण समितिले साकोसको सुपरिवेक्षणमा गहकिलो भूमिका निर्वाह गर्ने गर्दछ । यो मूलतः संस्थाको अग्रगतिका लागि गरिने नियमित कार्य हो । यो संघ/संस्थामा सबै भन्दा महत्वको कार्य भएकाले यसलाई व्यवस्थित रूपले सम्पादन गर्नु पर्ने हुन्छ । यसरी ब्यवस्थित रूपले सुपरिवेक्षण गर्न लेखा सुपरिवेक्षण समितिले निम्न तहमा बढी जिम्मवोरी पूर्वक सुपरिवेक्षण गर्नुपर्दछ ।

लेखा सुपरिवेक्षण समितिको मूल कार्य सुपरिवेक्षण भएकाले तिन तहमा केन्द्रित रहेर यसलाई सम्पादन गर्नु पर्ने हुन्छ । यी तहहरू अन्तरगत नगद, चेक, बैंक, भौचर, ऋण, सेयर, बचत, जिन्सी धितो, फायल, कागजपत्र नीति, विनियम, ऐन कानुन आदि पर्दछन् ।

लेखा सुपरिवेक्षण समितिले प्रत्येक वर्ष वार्षिक साधारण सभामा समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु पर्दछ । यस प्रकारको प्रतिवेदन मासिक रुपमा गरिएका आन्तरीक सुपरिवेक्षण, नियन्त्रण तथा आन्तरिक लेखा परीक्षणसँग आधारीत हुनुपर्दछ । सहकारी विभागबाट २०६८ बैशाख १ गते जारी मापदण्डको ढाँचा अनुसारको फारम प्रयोग गरी वार्षिक प्रतिवेदन दिनु पर्दछ । नमुनाका लागि उक्त फारम अनुसूची–५ मा संलग्न राखिएको छ ।

संघ/संस्थालाई व्यवस्थित रूपमा ऐन, नियम तथा सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार डो¥याउने भूमिका लेखा सुपरिवेक्षण समितिको भएकाले संघ/संस्थाको यो समितिको सबै भन्दा जिम्मेवारी भूमिकामा रहनु पर्ने हुन्छ । जिम्मेवारी कुशलतापूर्वक निर्वाह नहुँदा संघ÷संस्थाहरू दुर्घटनामा पर्न सक्छन् ।

यसर्थ लेखा सुपरिवेक्षण समिति शसक्त रूपमा संघ/संस्थाको अग्रगतिका लागि सक्रियतापूर्वक अघि बढ्नु नै सहकारी संघ÷संस्थाको स्थायित्व र दिगो विकास हुन वातावरण बन्नु हो भन्ने हामीले ध्यान राख्नु पर्छ ।

(घिमिरे राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख हुन् ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.