www.tandavnews.com
Fact ~ In search of truth

आर्थिक समृद्धिको निम्ति सहकारी

– सुदीप ढकाल

सामान्य अर्थमा सहकारी ‘पारस्पारिक सहयोग एवम् आपसी हितका निमित्त गरिने सहकार्य हो ।’ विश्व सहकारी अभियानको मुख्य निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) का अनुसार ‘आफ्ना सामाजिक, आर्थिक एवम् सांस्कृतिक आवश्यकता परिपूर्तिका निमित्त स्वेच्छाले प्रजातान्त्रिक विधि मार्फत सदस्यहरुका निमित्त सञ्चालन गरिने उद्यम नै सहकारी हो ।’

जसअन्तर्गत मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने बाहेक मानव जीवनसँग जोडिएर आउने सम्पूर्ण विषयहरुका सहकारी संस्थाहरु सञ्चालन आउन सक्छन् । सहकारी व्यवसाय जति सरल र सामान्य विधिबाट सञ्चालन भएको देखिन्छ, यर्थातमा त्यसो होइन यो व्यवसायलाई निरन्तर डो¥याइरहनको निमित्त संस्थागत शुसान, क्षतावान नेतृत्व समूहगत कार्य सम्पादन र सदस्यहरुको सकारात्मक मनोभावको महत्वपूर्ण भूमिका रहन्छ ।

Batas

आज विश्वमा सहकारीको औपचारिक सुरुवात भएको १७५ वर्ष पूरा भैसकेको छ । बेलायतको रोचडेलबाट शुरु भएको उपभोक्ता सहकारी र १७० वर्ष अगाडि जर्मनीबाट सुरु भएको बचत तथा ऋण सहकारीको व्यवसायले आज विश्व अनर्थतन्त्रलाई आफूतिर आकर्षित गरिराखेको छ । विश्वमा रहेका करिब ७ अर्ब मानिसहरु मध्ये १ अर्ब ३० करोड मानिस सहकारीमा सदस्यको रुपमा आवद्ध रहेको तथ्याङ्क अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रकाशित गरेको छ ।

विश्वको शक्तिशाली राष्ट्र अमेरिका जो पुँजीबादी अर्थव्यवस्था मार्फत विकास सम्भव छ भन्ने विश्वास राख्दछ, आज त्यही देशमा ३५ करोड मानिस विविध विषयका सहकारी व्यवसायमा संलग्न भई आफ्नो आय वृद्धि गरिरहेका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको मुलुक चिनमा १९ करोड मानिस सहकारी क्षेत्रमा आबद्ध छन् ।

छिमेकी मुलुक भारतमा विशेष गरी कृषि सहकारी, दुग्ध सहकारी र बचत तथा ऋणको सहकारी गरी ६ लाख सहकारी संस्थाहरु छन् जहा“ २५ करोड भन्दा बढी मानिसहरु सदस्यको रुपमा आवद्ध रहेको तथ्याङ्क देखिन्छ । यसैगरी डेनमार्क, फिनल्याण्डमा दुग्ध तथा मासुजन्य सहकारी जापानमा उपभोक्ता सहकारीहरुले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यस प्रकार राष्ट्रको उन्नती प्रगतिमा सहकारीको भूमिका दिनप्रतिदिन बढ्दै गईरहेको सन्दर्भमा आज विश्वमा सहकारी संघ संस्थाको संख्या ३० लाख पुगेको छ ।

आज विश्वका यति ठूलो सञ्जाल न कुनै राजनिति दलको छ न कुनै अन्तर्राष्ट्रिय स्तरको गैह्रसरकारी संस्थाहरुको छ, केवल सहकारी क्षेत्रको सञ्जाल आज विश्वव्यापी बनको छ । मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने बाहेक हाम्रो जीवनयापन सँग जोडिएका सम्पूर्ण विषयहरुका सहकारी संघ संस्थाहरु आज विश्वमा सञ्चालन भई राष्ट्रको अर्थतन्त्रको मुख्य हिस्सा बनेका छन् । जसको फलस्वरुप आज विश्वमा २५ करोड मानिसहरुले सहकारी मार्फत प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका र यो रोजगारीको अवसर बढ्दो क्रममा देखिन्छ ।

नेपालको सन्दर्भमा सहकारीको इतिहास विश्व सहकारी अभियानको तुलनामा १०० वर्ष भन्दा बढिले कान्छो देखिन्छ । विसं २०१३ साल चैत्र २० गते चितवन जिल्लाको शारदानगरमा स्थापित बखान सहकारीले नेपालमा सहरकारी व्यवसायको विजारोपण गरेको हो ।

नेपालमा प्रजातनत्रको पूर्नस्थापना पछि २०४८ सालमा सहकारी ऐन र २०४९ मा सहकारी नियमावली आएपछि सहकारी गतिविधि उल्लेखनीय रुपमा बृद्धि भई आज देशमा ३४५१२ प्रारम्भिक सहकारी संस्थाहरु, ६९ वटा जिल्ला सहकारी संघहरु, २५६ विषयगत जिल्ला संघहरु, २० वटा केन्द्रीय संघहरु, १ राष्ट्रिय सहकारी बैंक र १ राष्ट्रिय सहकारी महासंघ रहेका छन् ।

यिनै सहकारी संघ, संस्थामा आबद्ध ६५ लाख सदस्यहरु मार्फत ७४ अर्बको सेयर पुँजी संकलन ३०३ अर्बको निक्षेप र ३०० अर्बको ऋण तथा लगानी गरी कूल ६५० अर्बको कारोबार सञ्चालन भैरहेको छ ।

आज देशको कूल ग्राहस्थ उत्पादनमा ५% को योगदान पु¥याईरहेको सहकारी क्षेत्रले, कूल वित्तिय कारोबारमा २०५ को योगदान पु¥याइरहेको छ । बेरोजगारीको समस्यालाई केही हदसम्म कमगर्ने महत्वपूर्ण भूमिका निभाईरहेको सहकारी व्यवसायमा आज ६५ हजार मानिसहरुले प्रत्यक्ष र करिब १० लाख मानिसहरुले अप्रत्यक्ष रुपमा रोजगार प्राप्त गरिराखेका छन् ।

राज्यको एक दरिलो एवम् विश्वसनीय आर्थिक स्तम्भको रुपमा प्रस्तुत सहकारी व्यवसायले आज राष्ट्रको आर्थिक सम्वृद्धिको अभियान अगाडि बढिराखेको छ ।

नेपाल जस्तो सानो भुगोल, जनसंख्या र अर्थतन्त्र भएको मुलुक मात्र होईन अमेरिका, चिन भारत जस्ता मूलुकमा पनि धनि र गरिब बिचको दुरी भवावय अवस्थाबाट गुज्री रहेको छ । अन्तराष्ट्रिय संस्था इह्ँब्ः ले सन् २०१८ को व्बल मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार संसारका ४२ जना खर्बपतिहरुको सम्पति गरिबीको सूचाङ्कमा रहेको झण्डै २ अर्ब ६० करोड मानिसहरुको सम्पति भन्दा बढी देखिएको छ । माईक्रोफ्टका संस्थापक बिल गेट्स अमेजनका जेफ बेजोस र शेयर बादशाह बारेन बफेटको सम्पति अमेरिका जस्तो सम्पन्नशाली मूलकका १६ करोड जनताको सम्पति संग बराबर हुन आउछ ।

तसर्थ विश्वको प्रत्येक राष्ट्रको मुख्य समस्या आज बेरोजगारी मात्र नभएर धनी झन् झन् धनी हु“दै जाने गरिब झन् झन् गरिब हु“दै जाने जुन प्रकारको अवस्था विकसित हु“दै गइरहेको छ । यसको समाधानको निमित्त सहकारी व्यवसाय धेरै हदसम्म सफल भएको देखिन्छ जस्तो उदाहरणको लागि बंगलादेशको ग्रामिण सहकारी, भारतको अमुल दुग्ध सहकारी र भारतकै रसायनिक मलको सहकारी इफ्को इत्यादि ।

विश्व सहकारी अभियानको तुलनामा नेपालको सहकारी अभियान भर्खर बामे सरिरहेको आभास हुन्छ । तथापी सहकारी संस्थाहरुको संख्यात्मक विकास तर्फ भन्दा गुणात्मक विकाश तर्फ राज्य र अभियानकर्मी हातमा हात र साथमा साथ मिलाउदै अगाडी बढ्ने हो भने यस व्यवसाय मार्फत देशको गरिबी निवारण मात्र होइन सामाजिक, सा“स्कृतिक र पर्यावरणीय क्षेत्रमा समेत उल्लेखनीय भूमिका खेल्न सफल हुने विश्वास लिन सकिन्छ ।

सहकारी व्यवसाय जिवन र जगतस“ग जोडिएको संसारकै एक उत्कृष्ट व्यवसाय हो । प्रत्येक देश आज आर्थिक संवृद्धिका निमित्त प्रयत्नशिल छ, यसै सन्दर्भमा नेपालले पनि देशको संविधान २०७२ को धारा ५० को उपधारा ३ मा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने ३ खम्बा मध्ये १ खम्बा सहकारी क्षेत्रलाई महत्वपूर्ण स्थान प्रदान गरेको छ ।

केहि वर्ष अगाडी सहकारी तथा गरिवी निवारण मन्त्रालय समेत स्थापना भएको छ । अझ विशेष गरि झण्डै साढे दुई दशक पुरानो सहकारी ऐनलाई संशोधन गर्दै सहकारी ऐन २०७४ कार्यान्वयनमा आएको छ । उक्त ऐनमा सहकारी अभियानले लामो समय देखि माग गरिराखेको अधिकांश मागहरु सम्बोधन गरिएको छ । यद्यपि पूर्णरुपमा सन्तुष्ट हुने ठाउ“ भने छैन, तथापी आगामी दिनहरुमा सहकारी व्यवसाय अनुकुल हुने गरी ऐन परिमार्जनको अपेक्षा राख्न सकिन्छ ।

यस क्षेत्रमा देखिएका चुनौतीहरुलाई आत्मासात गर्दै सहकारी ऐन २०७४ ले प्रदान गरेका अवसरहरुलाई उपयोग गर्दै उत्पादनशिल क्षेत्रतर्फ अधिकतम लगानीको प्रयास गर्दै राष्ट्रको आर्थिक सम्वृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सहकारी व्यवसाय सफल रहने विश्वास लिन सकिन्छ ।

आज राज्य संघीय संरचनामा गई तिनै तहको निर्वाचन समेत सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा स्थानीय तह र प्रदेश तहबाट निर्माण हुने सहकारीका नियम–कानुनहरु सहकारी व्यवसाय मैत्री हुन जरुरी छ । जसको फलस्वरुप राष्ट्रको आर्थिक सम्वृद्धिको निमित्त सहकारी एउटा महत्वपूर्ण आधार स्तम्भ बन्ने छ भन्ने विश्वास लिन सकिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.