www.tandavnews.com
Fact ~ In search of truth

अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ पोखरामा साँगीतिक कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

आगामी बैशाख ७ गते पोखरामा साँगीतिक कार्यक्रम हुने भएको छ । सेभ द चिल्ड्रेन,सेभ द नेसनको आयोजनामा कार्यक्रम आयोजना हुने भएको हो ।

अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागी उक्त साँगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।

Batas

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् । कार्यक्रममा गायक शिव परियार,मेलिना राई,चोलेन्द्र पौडेल,लोकदोहोरी गायक प्रकाश सपुत,नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राख्नेछन् । कार्यक्रममा नायक राजेश हमालको पनि उपस्थिती रहनेछ ।

कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.