www.tandavnews.com
Fact ~ In search of truth

अन्ततः गल्ती स्वीकारिन् जसुदाले

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

‘जसुदाले १० करोड बढि रकम खाएर भागिन्’ शिर्षकमा ताण्डवले ०७५ चैत १६ गते शनिबार समाचार प्रकाशन गर्यो । पोखरा गणेश टोलकी जसुदा पौडेल केहि दिनदेखि सम्पर्कविहिन भएपछि उनलाई रकम दिनेहरु अत्तालिए ।

केही सहकारी, आफन्त र साथीहरुसँग गरि उनले १० करोड बढि रकम लिएर फरार भएकी जसुदा समाचार प्रकाशन भएपछि एकाएक एक युट्युव च्यानल मार्फत मिडिया गलत भएको बताइन् । मिडियामा प्रकाशित समाचारहरु गलत भएको भन्दै उजुरी दिने समेत भनेकी थिइन् ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीमा पूर्व श्रीमानविरुद्ध उजुरी दिइन् पनि । मिडियाविरुद्ध उजुरी भने परेन ।

‘यसकारण मिडिया होइन जसुदा चिप्लिइन्’ शिर्षकमा ०७५ चैत १८ गते सोमबार ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले जसुदाको प्रतिक्रियाबारे टिप्पणी प्रकाशन भयो । टिप्पणी प्रकाशन भैसकेपछि जसुदाले चैत २० गते हिजो बुधबार विज्ञप्ती निकालिन् ।

उनले युट्युव च्यानलमा प्रसारण भएको अन्तवार्ता आक्रोशमा दिएको बताइन् । मिडियालाई लगाएको आरोपप्रति उनले विज्ञप्ती मात्र नभएर टेलिफोन सम्पर्क गरी ताण्डव न्यूजसँग माफी मागेकी छिन् ।

‘म जसुदा पौडेल विगत केहि दिन देखि घरपरिवार सँग फोन सम्पर्कमा नरहनु मेरो गल्ती हो । तथापी मिति २०७५ चैत्र १६ गते शनिबारको दिन मेरो नाम जोडिएर केहि अनलाईन मिडियामा म सम्पर्क विहिन र रकम हिनामिना गरेको भन्ने समाचारहरु छापिएकोमा मिति २०७५ चैत्र १७ गते आइतबार मैले आक्रोशमा आई मिडियालाई आरोप लगाएकोमा म सम्पूर्ण मिडिया समक्ष माफि माग्न चाहन्छु’ जसुदा पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

उनले पूर्वपतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरीमाथी कारवाही अघि नबढाउन समेत कास्की प्रहरीकहाँ गई अनुरोध गरेकी छिन् । विज्ञप्ती मार्फत पनि उनले उजुरी फिर्ता लिएको बताएकी छिन् ।

साथै, आर्थिक कारोबार रहेका सम्पूर्ण व्यक्तिसँग सम्पर्कमा रहेको उल्लेख गर्दै आफ्नो नाममा रहेको सम्पत्ती तथा व्यवसायीबाट माइती, साथिभाई तथा आफन्तको साथ लिई कारोबार मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

हेर्नुहोस् विज्ञप्ती

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.