www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकीय गाउँ ल्वाङ्गमा चैत दशै एवम ऎतिहासिक मेला हुने

पोखरा,
ताण्डव न्यूज ।
कास्कीको पर्यटकीय ल्वाङ्ग गाउँमा चैत दशै एवम् ऎतिहासिक ल्वाङ्ग मेला (२०७५) आयोजना हुने भएको छ ।

ल्वाङ गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यहि २४ देखि २७ गतेसम्म मेला हुन लागेको विहिवार पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।पर्यटकीय सम्भावना बोकेको ल्वाङ्ग प्रती सरकारी उदासिन बन्दा प्रचार प्रसारको अभावमा ओझेलमा परेको मेला संयोजक भरत कुमार गुरुङले जानकारी दिए ।

मेलाको आकर्षणको रुपमा खुल्ला गाउँ स्तरिय पुरुष भलिबल , खुल्ला अन्तर क्लब स्तरीय महिला भलिबल , छेलो हान्ने, घैटो फुटाइ, मकै गन्ने लगायतको प्रतियोगिता ग्रीन हिल क्लब माछापुच्छ्रे ल्वाङ गाउँमा हुनेछ । शहिद हरिप्रसाद स्मृति खेल मैदानमा हुने उक्त मेला संचालन गर्न करिव ८ लाख रुपैया खर्च लाग्ने आयोजक टिमले जानकारी दिए ।

महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल तर्फ विजयी हुने विजेताले ६० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला तर्फ क्रमश : प्रथम हुनेले २६ हजार रुपैयाँ र दोस्रो हुनेले १६ हजार रुपैयाँ पाउनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.