पोखरा,
ताण्डव न्यूज ।
आगामी बैशाख १३ र १४ गते पोखरामा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ को महाधिवेशन हुने भएको छ ।
पर्यटन प्रर्वद्धनको लक्ष्यसहित नेपालको सातौँ महाधिवेशन आयोजना गरिएको होे ।महाधिवेशन पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । लायन्स क्लब अफ पोखरा गण्डकीको संयोजनमा महिला मात्रै सदस्य रहेका पोखरा क्षेत्रका २६ वटा क्लबहरुको आयोजनामा महाधिवेशन हुन लागेको महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले बताइन् ।

महाधिवेशनमा ३ हजार भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको रजिष्ट्रेसन हुने अपेक्षा आयोजकको रहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.