पोखरा ।
नेपाल क्युोकुशिन बुदोकाई कराँते संघ कास्कीको शाखाको ९ औँ वार्षिक साधरण सभा तथा ५ औँ अधिवेशनबाट बेलबहादुर थापा अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा दानबहादुर क्षेत्री, सागर गीरी, सचिवमा सुरेशराज अधिकारी कोषाध्यक्ष सन्तोष श्रेष्ठ चयन भएका हुन् ।
सदस्यमा निर्मलबहादुर केसी, चित्रण थापामगर, टुकदेवी पुन, सुमन प्रतेल, चन्द्रा जिम्मी चयन भएका छन् ।कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको संयोजकमा बनेको निर्वाचन कमिटिले सम्पुर्ण पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।

क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्नमान श्रेष्ठले क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले खेलाडी उत्पादनको काम गरेको बताए । उनले संघबाट छनोट भएका खेलाडीले विदेशमा समेत पदक जितेर नेपालको नाम उच्च राखेको बताए । साहसी खेल भएको कारण नेपालमा क्योकुशिन बुदोकाईको छवि उच्च रहेको श्रेष्ठको भनाई छ ।
क्योकुशिन बुदोकाई कराँतेका खेलाडी गण्डकी प्रदेशबाट ८ औँ राष्ट्रिय खेलकुदको लागि छनोट भएको बताए । साथै गण्डकी प्रदेशको तर्फबाट खेलाडीले पदक ल्याउने सम्भावना धेरै रहेको श्रेष्ठले जानकारी दिए । गत पुषमा क्युोकुशिन बुदोकाई संघले पठाएका खेलाडीले भारतमा भएको दक्षिण एशियाली स्तरीय खेलमा महिला खुल्ला र पुरुष खुल्लामा प्रथम भएका थिए । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्की केही खेलाडी अहिले हुन लागेको ८ आँै राष्ट्रिय खेलमा नेपाल प्रहरीको तर्फबाट भाग लिने भएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डाक्टर धर्मराज कोइरला, सचिव सुवास खड्का, नेपाल मुवा थाइ संघ कास्की शाखाका अध्यक्ष अब्राम खान लगायतका भनाई राखेका थिए । पृथ्वी नारायण क्याम्पस डोजो, लेखनाथ डोजो, बागमारा, डोजो, रंगशा लगायका डोजोमा आवद्ध भएर हाला क्योकुशिन बुदोकाई कराँते संघमा आवद्ध रहेका कम्तीमा २ सय खेलाडीले प्रशिक्षण गर्दै आएका छन् ।
नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्की २०६६ सालमा स्थापन भएको थियो । कास्की जिल्लाका सवै स्थानीय तहमा संघले डोजो स्थापना गर्ने योजनाको साथ अगाडी बढेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.