www.tandavnews.com
Fact ~ In search of truth

‘हलचलबाट गुज्रेको छ काँग्रेस’

बागलुङ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले चुनावपछि काँग्रेस हलचलबाट गुज्रेको उल्लेख गरे । “पार्टीको आन्तरिक शक्ति सङ्ग्रह पनि हुनसकेको छैन”, नेता आचार्यले भने, “गुटगत विभाजनबाट काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।” पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उनको भनाइ छ ।

Batas

पूर्वअर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । पूर्णतया लगानीयोग्य वातावरण नबनेसम्म विदेशी लगानी नभित्रने उनको जिकिर छ ।

उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.