www.tandavnews.com
Fact ~ In search of truth

बारपाक–लाप्राक सडक गण्डकी सरकारले कालोपत्रे गर्ने

गोरखा, ताण्डव न्यूज ।
गोरखाको बारपाकबाट लाप्राक हुँदै गुम्दासम्मको सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयले सडक कालोपत्रे गर्ने भएको हो ।प्रदेश सरकारले विशेष महत्वको सडकका रुपमा बारपाक लाप्राक गुम्दा माछाखोला सडकलाई राखेको मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले बताए ।

‘हामी दुई चरणमा यो सडक निर्माण गर्छौ’ उनले भने ‘बारपाकदेखी गुम्दा सम्म ट्रयाक यसअघि नै खोलिएको छ । त्यहाँ अब कालोपत्रे गर्नुपर्नेछ, अर्को तर्फ गुम्दाबाट माछिखोला सम्म नयाँ टूयाक खोलेर काम थाल्नु पर्नेछ ।’ सडक बिभागले बारपाक देखि गुम्दासम्मको करिव १७ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । सो ट्रयाकमा यहि आर्थिक वर्षबाट कालोपत्रे सुरु गर्ने उनले बताए ।

‘स्तरोन्नति पूर्वको बिस्तृत सर्भेको काम सकिएको छ’ उनले भने ‘आउदो बैशाख १५ गतेभित्र टेन्डर प्रक्रिया सक्छौ । चालु आर्थिक बर्षबाट नै कालोपत्रे सुरु हुन्छ ।’ प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा समावेश गरेको यो सडक अन्तरगत गुम्दाबाट माछिखोलासम्मको ५ किलोमीटर सडकको भने ट्रयाक खोल्न बाँकी छ ।

Batas

सो टयाक निर्माणको शनिवार गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले शिलान्यास गरे ।यहि वर्षको असार मसान्तभित्र टूयाक खोलिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । ट्रयाक निर्माणका लागि मन्त्रालयले दुई करोड १० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।

ट्रयाक निर्माण भएपछि बारपाक बाट माछाखोला सम्मको सडक ३ वर्ष भित्र कालोपत्रे गरिसक्ने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्री बस्नेतले जानकारी दिए । आठ मिटर चौडाईको सो सडकमा साढे ५ मिटर कालोपत्रे र एक मिटर नाला रहनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.