www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा चार सय एचआइभी सङ्क्रमित

गलकोट ।
कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमित पछिल्लो समय खुल्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर को प्रभावकारी समन्वयमा रहेका एचआइभी सङ्क्रमित खुल्न थालेका हुन ।

अस्पतालमा विसं २०६३ मा स्थापना भएको एआटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारमा प्रभावकारी भूमिका खेलेका कारण सङ्क्रमित खुलेर आउन थालेका हुन् ।

एचआइभी सङ्क्रमित पनि अरु मानिस सरह बाँच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ÷गाउँमा पुगेर नमूना सङ्कलन गरी उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमित खुल्न थालेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

Batas

“सेन्टरलले सङ्क्रमित आमाबाट जन्मेका बालबालिकालाई अस्थायी रुपमा पोषणगृहमा समेत राखिँदै आएको छ”, आचार्यले भने, “सङ्क्रमित भएकी भन्ने लागेमा निर्धक भएर हाम्रो कार्यालय आउनसक्नु हुनेछ ।”

सेन्टरले सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटोखर्च लगायतका धेरै सेवा तथा सुविधा उपलव्ध गराउँदै आएको छ । बागलुङ जिल्लाको यस सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमित ३७५ मध्ये १०८ ले निरन्तर औषधि सेवन गर्ने गरेका छन् । विसं २०७४ मा ३५० जना एचआइभी सङ्क्रमित रहेकोमा योवर्ष बढेर ३७५ पुगेको आचार्यले बताए । उनका अनुसार सेन्टरमा आएर खुलेका अन्य जिल्लाका १०७ सङ्क्रमित सिफारिस भएका छन् ।

जिल्लामा हालसम्म ६१ सङ्क्रमितको मृत्य भइसकेको छ । सेन्टरमा आएर उचित परामर्श पाएका सङ्क्रमित सामान्य व्यक्ति जस्तै जीवनयापन गर्नसक्ने बताइएको छ । हाल उक्त सेन्टरलाई धौलागिीर पोजेटिभ समूह तथा हेल्थ केयर फाउण्डेशनले आर्थिक सहयोग गर्दै आइरहेको छ । सेन्टरमा खुलेका सङ्क्रमितरुलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्यसेवा प्रदान गर्न थालेपछि सङ्क्रमित खुल्न थालेका हुन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.