पोखरा,
ताण्डव न्यूज ।
आज मंगलबार बिहानैदेखि फेरि देशैभरको मौसम बदली भएको छ।
पश्चिमी वायुको प्रभावले काठमाडौँ,पोखरासहित देशका धेरै भेगमा मौसम बदली भएको हो । पोखरा आसपासको क्षेत्रबाट विकास भएको पानी पार्ने प्रणाली पुर्वतर्फ सर्दै गएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मध्य र पूर्वी क्षेत्रका धेरै र पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र हुरीबतास सहित यतिबेला पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अहिले नवलपरासी,चितवन,पर्सा लगायतका जिल्लामा चट्याङसहित वर्षा भईरहेको छ ।
आज दिनभरी देशका धेरैजसो भेगमा पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ।
फाइल तस्बिर
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.