www.tandavnews.com
Fact ~ In search of truth

सगरमाथा उचाई मापन भोलीदेखि, ४० प्रतिशत काम बाँकी

पोखरा,
ताण्डव न्यूज ।

गत असार मसान्तबाट रोकिएको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन सुरु हुने भएको छ ।

उचाइ मापनका लागि नापी विभागका प्राविधिकको टोली भोली बुधबार सगरमाथातर्फ जाने भएको छ ।सगरमाथा उचाई मापनको ४० प्रतिशत काम बाँकी छ ६० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी काम सुचारु हुन लागेको हो ।

Batas

गत असारसम्ममा सिरहास्थित नेपाल–भारत सीमानजिकै मदारबाट सोलुखुम्बुको सिमानासम्म १ सय ७० किलोमिटर लेबलिङ सर्भेको काम सकिएको थियो । अझै ७८ किलोमिटरमा लेबलिङको काम बाँकी रहेको छ ।
सगरमाथाको उचाइ मापनका लागि नापी विभागले २५ करोड रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.