www.tandavnews.com
Fact ~ In search of truth

मुटुमा प्वाल परि मृत्युसगँ लडिरहेकि म्याग्दीकि सन्तुलाई आर्थिक अभाव

गलेश्वर।

माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् ।

फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् ।

Batas

म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । दुई वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी जमेका कारण सबै सपना भताभुङ्ग भएका छन् । उपचारका लागि लाग्ने खर्चको अभावका कारण मर्ने बाँच्ने टुङ्गो नभएकी सन्तु अस्पतालको शैयाबाट आफूलाई बचाउन याचना गरिरहेकी हुन् ।

madi
machhapuchre

सन्तुका बुबा सूर्य र आमा जमुना छोरीको उपचारका लागि पैसा नभएपछि आफूहरुलाई नै धिक्कार्दै परोपकारी सङ्घसंस्था र दाताहरुलाई गुहारी रहेकी छिन् । चार छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षा र छोरी सन्तुको उपचार गर्दा भएको सबै सम्पत्ति रित्याएका सूर्य पोखरेल अब छोरीको उपचारका लागि खर्च गर्न एक पैसा नभएको बताउछन् ।

“छोरीको थप उपचारका लागि जहाजबाट काठमाडौँ लैजानुपर्ने चिकित्सकले बताएका छन्”, सूर्यले रुन्चे स्वरमा भने । “गाडीबाट लैजान सक्ने अवस्था छैन, काठमाडौँ पुर्याउने हो भने बचाउन सकिएला” सन्तुको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै सूर्यले भने “साथमा १०० पनि छैन, कहाँबाट छोरीलाई जहाजमार्फत काठमाडौँ लैजाऊँ ।”

अहिले सन्तुलाई अस्पतालको सघन उपचारकक्षमा राखिएको र दैनिक १० हजार औषधि र अन्य चार्जको रुपमा खर्च हुने गरेको उनले बताए। गाउँमा बचेको अलिकति जग्गा र बास बस्ने घर बैंकमा धितो राखेर आएको पैसाले यतिञ्जेलसम्म छोरीको उपचार गराइएको बताए । उनले सक्दो सहयोग गरेर आफ्नी छोरीको जीवनरक्षा गरिदिन मनकारी व्यक्ति र सङ्घसंस्थासँग आग्रह गरेका छन् । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.