www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा भीरबाट लडेर एकको मृत्यु

म्याग्दी ।
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर गाउँतिर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो ।

नाउराको भीर धवलागिरि चक्रिय पदमार्गको सबैभन्दा जोखिमपूर्ण भीर हो । भीरबाट चिप्लेका पुन करीब ३०० मिटर तल खस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । पूर्वब्रिटिस आर्मी समेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery