www.tandavnews.com
Fact ~ In search of truth

अाेली सरकारले लाेकतन्त्र माथी प्रहार गर्याे ः देउवा

विनिता सुनार

पोखरा, ताण्डव न्यूज ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले एक वर्षमा एउटा पनि गतिलो काम गर्न नसकेको आरोप लगाएका छन । दुई तिहाईको सरकारले लोकतन्त्रको मान्यता माथि प्रहार गर्दै निरंकुश शासन तर्फ उन्मुख भएको बताउदै चार वर्षपछि कम्युनिष्ट शासनको पतन हुने धारणा व्यक्त गरे ।

Batas

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै देउवाले उक्त कुरा बताएका हुन । पार्टी भित्र हुनेगरेको गुटबन्दिको अन्त्य गर्दै पार्टीलाई एक बनाउनु बाहेक अन्य विकल्प आफुसंग नरहेको बताउदै सभापति देउवाले पार्टी भित्र षडयन्त्र गर्नेलाई कार्वाहि गरी पार्टी सुद्दिकरण गर्नु मुख्य जिम्मेवारी रहेको बताए ।‘ ओली सरकारले निर्मलाको हत्यारा बचाउने काम गर्यो, अहिले देशमा हत्या हिसां महङ्गी बढदो क्रममा छ, सरकार के हेरेर बसेको छ,एक जिल्ला बाट अर्को जिल्लामा जादा समेत कर तिर्न पर्ने बाध्यता आएको छ’ सभापति देउवाले भने ।

दुई तिहाईको दम्बन खेलेआम जनताले महसुस गरेको प्रतिक्रिया दिदैँ सकारले सुरक्षा निकाय माथि समेत हस्तक्षेप गरेको बताए । ‘ अहिले नेपाली सेनालाई समेत ओलीले आफ्नो हातमा लिएको छ , संसारको कुनै पनि देशमा प्रधानमन्त्रीको मातहातमा बसेर सुरक्षा संचालन हुदैँन , सुरक्षा निकाय संचालन गर्न छुट्टै संयन्त्र हुन्छ ’ देउवाले भने ।

पार्टीलाई सुधार गर्दै पार्टी एक गर्ने सभापति देउवाले बताए । सोहि क्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डले देशमा संमृद्दिको लागी कांग्रेस सत्तामा आउनुपर्ने संकेत गरेको बताए । ‘मैले केहि समय अगाडि प्रचण्डको कुरा सुने, प्रचण्डले दुई तिहाइको सरकारले सम्वृद्दि असम्भव छ भनेका छन’ पौडेलले भने । राजनितिमा शक्ति नै महात्वपूर्ण कुरा रहेको बताउदै कम्युनिष्ट सरकारले शक्तिको गलत प्रयोग गरेको प्रतिक्रिया दिए ।

कम्युनिष्ट सरकारले लोकतन्त्रमा माथि प्रहार गरिराखेको र यस्लाई जोगाउने काम कांग्रेसको रहेको बताए । कांग्रेसलाई सुधार गर्न कार्यकर्ताको समस्याको पहिचान गर्न अत्यन्त आवश्यक रहेको र पार्टीको व्यवस्थापन गर्न सके पार्टी एकता हुने वताए । त्यस्तै पार्टीका महामन्त्री शशात्यस्तै पार्टीका महामन्त्री शशात्यस्तै पार्टीका महामन्त्री शशाङ्ख कोइरालाले पार्टी एकताको लागि आफुले जे गर्न परे पनि तयार रहेको बताउदै नेता द्धय देउवा र पौड्ललाई पाार्टी भित्रको गुटउपगुट अन्त्य गर्न यथाशिघ्र कदम चाल्न आग्रह गरे ।

सम्मेलनले सरकारका गतिविधि चित्तबुझदो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्न केन्द्रलाई आग्रह गर्ने र पार्टीलाई चलायमान र सुद्दढिकरण बनायले लक्ष्यका साथ पोखरा सम्मेलन गर्न लागेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.