www.tandavnews.com
Fact ~ In search of truth

सुवेदी धरौटीमा रिहा, श्रेष्ठको मुद्धामाथी बहस सोमबार

पोखरा
ताण्डव न्यूज ।

यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका एनआइसी एसिया पस्र्याङ शाखा प्रबन्धक सुवास सुवेदी धरौटीमा रिहा भएका छन् ।

यता, बालिकामाथी बलात्कारको आरोप लागेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठको भने समय अभावले मुद्धामा बहस हुन सकेन । श्रेष्ठको मुद्धामाथी सोमबार थुनछेकको बहस हुने भएको छ ।

Batas

थुनछेक बहसपछि जिल्ला अदालत कास्कीले सुवेदीलाई ३ लाख रुपैयाँ धरौटीमा छाडेको हो । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालत श्रोतले जनाएको छ ।

प्रबन्धक सुवेदी र अध्यक्ष श्रेष्ठलाई चैत ८ गते पीडितको जाहेरी अनुसार पक्राउ गरि अनुसन्धानकालागि राखेको थियो । सुवेदीलाई मुलुकि अपराध संहिता दफा २२५ को ३ अनुसार ३ वर्षसम्म कैद र ३० हजार जरिवाना मागदाबी गरिएको थियो ।

श्रेष्ठको हकमा भने १० देखि १२ वर्षसम्म कैद र मनासिब बमोजिम क्षतीपुर्ति मागदाबी सहित मुद्धा दर्ता गरिएको छ ।

 

सम्बन्धीत न्यूज

अध्यक्ष श्रेष्ठ र सुबेदीमाथि तेस्रो पटक म्याद थप

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बलात्कारको आरोपमा पक्राउ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.