www.tandavnews.com
Fact ~ In search of truth

लुक्लामा विमान दुर्घटना,विस्तृत विवरण आउन बाँकी

सोलुखुम्बु ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठोक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.