www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय झन्डाको सम्मान गर्दै पोखरामा र्याली

कास्की ।
राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप आज पोखरामा र्याली निकालिएको छ । पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब ९बास० को संयुक्त आयोजनामा नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ ।

पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हँुदै सभागृहचोकसम्म पुगेको र्यालीमा सहभागीले हातमा राष्ट्रिय झन्डा बोकेर यसको सम्मान गरिनुपर्ने बताए । उनीहरुले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र सद्भावको प्रतीक झन्डाको सम्मान गर्नु प्रत्येक नेपालीको दायित्व भएको बताए ।

पछिल्लो समय राष्ट्र र राष्ट्रियताप्रति कयौँ बहस तथा छलफल गरिए पनि सारमा त्यसप्रतिको चिन्ता सदैव सरोकारको विषय भएको युवा पत्रकार सञ्जाल पोखराका अध्यक्ष भीम थापाले बताए । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.