www.tandavnews.com
Fact ~ In search of truth

चट्याङ लागेर पर्वत हलहलेकि तारादेवीको मृत्यु

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

बर्षासंगै परेको चट्याङ लागेर पर्वतमा एक महिलाको मृत्यू भएको छ ।

गएराती झण्डै ८ बजेको समयमा परेको चट्याङले मोदी गाउँपालिका ४ हलहले बस्ने प्रेमबहादुर पुनकी श्रीमती २२ बर्षिया तारादेवी पुनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । चट्याङबाट घाइते भएकी तारादेवीलाई राती नै उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लगिएको भएपनि उपचारकै क्रममा उनको ज्यान गएको पनि प्रहरीले बताएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.