पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेताले भनेको ठाउँमा बजेट विनियोजन नहुने बताएका छन् । “जनताको बजेट हो, पहिले पहिले जस्तो नेताले भनेको ठाउँमा आउँदैन, उनले भने, हाम्रा नितिहरुले भनेको ठाउँमा मात्र आउँछ ।”
लमजुङको सुन्दरबजार ११ तुर्लुङकोट गैह्रीगाउँमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जनता र जनप्रतिनिधी मिल्न आवश्यक रहेको बताए । जनता र जनप्रतिनिधी मिलेमा विकास छिटो हुने धारणा राखे ।
कृषि उत्पादन नबढाइ समृद्धी नआउने भन्दै उनले स्थानीयबासीलाई पौरख गर्न आह्वान समेत गरे ।

“हामीले कृषिमा ५० प्रतिशतसम्म अनुदान दिने निति लिएका छौं, उनले भने, पौरखी हातलाई रित्तो फर्कन दिन्नौं ।” कृषि पुर्वाधारमा प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले यस्तो सरकार नेपालमा पहिलो पटक बनेको बताए ।
विकास गर्ने पार्टी सरकारमा रहेको दाबी गर्दै उनले आवश्यकता हेरेर विकास निर्माणका योजना अघि बढाउने बताए । सो अवसरमा मुख्यमन्त्री गुरुङलाई दुरा सेवा समाजका उपाध्यक्ष सुरेश कुमार दुराले खजे दुरा सँग्राहालय भवन निर्माण र खजे दुरा स्मृति पार्क सौन्दर्यकरणका लागि सहयोग गर्न ज्ञापन पत्र बुझाएका थिए ।
यस्तै, स्थानीय आमा समुहले सामुदायिक भवन बनाउन र मोटरबाटो १२ महिना चल्ने बनाउन आग्रह गरेका थिए । सो अवसरमा न्यु लालिगुरास युवा क्लब, बुद्धिविकास आमा समुह, कल्पना आमा समुह, अमरज्योति युवा क्लब, हिमाली आमा समुह, सानोपानी आमा समुह र चण्डी आमा समुहले सम्मान व्यक्त गरेको थियो ।
कार्यक्रममा सुन्दरबजार ११ का वडाध्यक्ष प्रेमबहादुर दुराले वडाको काम गर्दा कसैलाई पनि अन्याय र भेदभाव नगरेको बताएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.