www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव सम्पादक अर्जुन गिरीलाई तीन दिन म्याद थप

पोखरा ।

‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ।

साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो। ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो।

Batas
madi
machhapuchre

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो। मंगलबार जिल्ला अदालत काठमाडौंले हिजोदेखि नै लागू हुने गरी तीन दिन म्याद थप गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो। तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.