काठमाडौँ ।
समाचार लेखेकै कारण साइबर क्राइम लगाइएका पोखराका पत्रकार अर्जुन गिरीलाई हतकडी लगाइएको तस्विर सार्वजनिक गरेको भन्दै सिआइबीका अधिकारीले उल्टै पत्रकारहरुमाथि आक्रोश पोखेका छन् ।
बुधबार सरकारी वकिलको कार्यलयमा अर्जुन गिरीको तस्विर खिच्ने पत्रकारलाई थर्काउँदै ती अधिकारीले हतकडी लगाइएको तस्विर सार्वजनिक गरेकोमा आपत्ती जनाएका हुन् ।‘मेरो खिच्नुस । मेरो सिङ्गल खिच्नुस्’ पत्रकारमाथी अभद्र ब्यवहार गर्दै उनले भने ञहतकडी लगाएको फोटो खिच्ने रु तपाईहरुले के गर्न खोजेको ?

सिआइबीकै अधिकारीको यस्तो रबैया हुनु, बयान लिन ढिलो हुनु, काउन्सिलबाट आवश्यक समन्वय नहुनुले घटना झन् रहस्यमय बनाएको उपस्थित पत्रकारहरुको भनाइ छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.