www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार गिरी पक्राउको बिरोधमा पर्वतका पत्रकार आन्दोलित

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा पर्वतका पत्रकारहरु आन्दोलित भएका छन ।

पोखराबाट प्रकाशन हुने ताण्डव साप्ताहिक र ताण्डब न्यूज डट कमका प्रधान सम्पादक अर्जुन गिरीलाई समाचार लेखेकै कारण सिआईवीमा मुद्धा दायर गरिएपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ । नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेसंगै पत्रकार महासंघ पर्वतले पनि समाचार लेखेकै भरमा पत्रकारलाई साईवर क्राइम अन्तर्गत मुद्धा दायर गरिनु निन्दनीय भएको बताउँदै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको हो ।

धर्नामा बसेका पत्रकारहरले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्ने, विद्युतीय अपराधको तरवार देखाउन नपाइने, पत्रकारहरुको पेशा लेख्ने भएकोले लेख्न पाउनुपर्ने र प्रहरीको नियन्त्रणमा रहेका पत्रकार गिरीलाई तुरुन्त रिहा गरिनुपर्ने लगायतका माग राख्दै कालो व्यानर सहित प्रशासन गेटमा धर्ना दिएको महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले जानकारी दिए ।

पत्रकार अर्जुन गिरीले पोखराको व्यवसायिक प्रतिष्ठानका संचालक विपेन्द्र बतासले ठगी गरेको विषयमा समाचार लेख्नुभएको थियो । सोही सामाचारमा बिरोध जनाउँदै बतासले गिरी प्रधान सम्पादक रहेको ताण्डवन्यूज डट कम प्रेस काउन्सिलमा दर्ता नभएको आरोप लगाउँदै सिआईबीमा साईबर क्राइममा मुद्धा दायर गरेका थिए । यद्यपी उक्त अनलाईन एक बर्षअघि काउन्सिलमा दर्ता भएको पाइएको छ । तर गिरीलाई भने प्रहरीले अझै पनि रिहा नगरेपछि पत्रकारहरुले बिरोध गरिरहेका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.