www.tandavnews.com
Fact ~ In search of truth

विप्लव बन्द: पोखराका २ स्थानमा बम फेला, बारुद पड्किदा सेनाका धर्म घाइते

पोखरा,
ताण्डव न्यूज ।

विप्लव नेतृत्वको माओवादीले गरेको बन्दको प्रभाव पोखरामा सामान्य परेको छ । बन्दका दिन पोखराको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडी सडकमा भेटिएको शंकास्पद बस्तु डेटोनेटर रहेको थियो । कागजको डल्लो बेरेर राखेको अवस्थामा भेटिएको डेटोनेटर डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका छन् ।

Batas

नेपाली सेना कै बारुद पड्किदा थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् ।

उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।यस्तै लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.