www.tandavnews.com
Fact ~ In search of truth

९० लाख लागतमा कास्की सार्दीखोलामा विपी स्मृति भवन

कास्की ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा विपी स्मृति भवन निर्माण गरिएको छ ।

नेपाली काँग्रेस सार्दीखोला गाउँ एकाइ कार्यसमितिको अगुवाइमा ९० लाख रुपैयाँ लागतमा सो भवन निर्माण गरिएको एकाई सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।

भवन निर्माणका लागि पूर्वगाविस अध्यक्ष आशबहादुर गुरुङले आठ आना जमीन निःशुल्क प्रदान गरेका थिए । दुई तलाको पक्की भवनको माथिल्लो तला सभाहल तथा तल्लो तलाका चार कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिने उनले बताए ।

Batas

भवन निर्माणमा सहयोग जुटाउन गाउँ एकाइले केही महीनाअघि कर्णदास साङ्गीतिक साँझको आयोजना गरेको थियो । सो साँझबाट बचत १० लाख, देउसीभैलो तथा पार्टीका शुभचिन्तक, शुभेच्छुकबाट सहयोग सङ्कलन गरेर भवन निर्माणका लागि आर्थिक स्रोत जुटाइएको सभापति गुरुङले जानकारी दिए ।

सो भवनको वैशाख ६ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताको उपस्थितिमा एक समरोहकाबीच उद्घाटन गरिने पार्टीले जनाएको छ ।उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि जमीन प्रदान गर्ने तथा ३० हजार रुपैयाँभन्दा माथि आर्थिक सहयोग गर्नेलाई सम्मान कार्यक्रम राखिएको गाउँ एकाइ कार्यसमितिले जनाएको छ ।
रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.