www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ३५ प्रतिशत पूरा

पोखरा,
ताण्डव न्यूज । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) निर्माणकार्य पूरा भएको छ । रनवे निर्माण सकिएसँगै विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सकिएको छ । २५ सय मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर मोटाइको रनवे निर्माण सकिएको हो ।

नागरिक उड्डयन प्राविधिकरणका प्रमुख इन्जिनियर प्रदीप अधिकारीका अनुसार विमानस्थलमा ह्याङगर र बाँकी विल्डिङ निर्माणको काम भइरहेको छ । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ । विमानस्थलको २०७३ वैशाख १ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए ।

Batas

चिनियाँ कम्पनी सीएएमसीले विमान निर्माणको लागि २०७१ वैशाख २९ मा ठेक्का पाएको थियो । विमानस्थल २०२० भित्रै सञ्चालनमा आउने आयोजनाको लक्ष्य छ । विमानस्थल झन्डै २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.