www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार अर्जुन गिरी रिहाई भएपछिको रौनक (फोटो फिचर)

काठमाडौं
ताण्डव न्यूज ।

ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले गरेको बहसपछि यस्तो आदेश आएको हो ।

पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो ।

Batas

रिहाइको आदेश लगत्तै सम्पादक गिरीले ठगी गर्नेहरुको बिरुद्ध निरन्तर लेखिरहने बताएका छन् ।

पत्रकार गिरीको रिहाईपछि जिल्ला अदालत काठमाडौं परिसरमा पत्रकार निकट संघसंस्था, शुभचिन्तक लगायतले स्वागत गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.