www.tandavnews.com
Fact ~ In search of truth

सबैका प्रिय शिक्षक गणेश

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

पेशाले शिक्षक रहेका पर्वतको फलेवास नगरपालिका २ थापाठानाका गणेश शर्माको नाम जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो । धेरै शिक्षकहरुको जागिर गर्ने समय १० बजेबाट ४ बजेसम्म मात्र हो ।

तर शर्मालाई भने विद्यालयमा रमाउन पाएपछि जागिरे समय त के ? दिन र रात अनि बर्खे बिदा पनि केही होइन । उनी जागिरका लागि विद्यालयमा जाँदैनन् । उनको उद्धेश्य छ नमुना शिक्षक बनेर अहिलेसम्म जसरी प्रशंसा पत्र सम्मान पत्र कोठाभरी भरिएका छन, तिनै सम्मानको इज्जत राख्न विद्यालयलाई नमुना बनाउनु । उनी हरेक दिन साँझ र बिहान पनि आफ्नो कर्मथलो थापाठाना माध्यमिक विद्यालयमा नै भेटिन्छ ।

Batas

फलेवास नगरपालिका २, थापाठानाको माक्रेमा २०३८ सालमा आमा कृष्णमाया र बुबा चन्द्रदत्तबाट जन्मिएका शर्माले बी.बी.एस सम्मको अध्ययन पूरा गरेका छन् । २०५९ सालबाट थापाठाना मावि र निमावि दरबन्दीमा रहेर अस्थायी सेवा सुरु गरेका शर्माले आपूm स्थायी बन्नुमा भन्दा पनि विद्यालय र विद्यार्थीको बाटो उज्यालो पार्न नै लागिरहन्छन् । दर्जनौँ सम्मान पाईसकेका उनलाई राजनीतिले कहिल्यै पनि छुन सकेन । उनी भन्छन, ‘म सामान्य भोटर मात्र हुँ । समाजका आर्दश मानिने शिक्षकले नै दलीय झण्डा बोक्ने हो भने जागिर किन खाने ?’

गणेश शर्मालाई बिशेषत गण्डकी प्रदेशमा नै कुशल पुस्तकालय व्यवस्थापकको रुपमा चिनिने गरिन्छ । विद्यालयमा रहेको पुस्तकालय बन्द हुन लागेको अवस्थामा उनले नियुक्ती पाए र २०६६ सालबाट उनलाई ‘लाईब्रेरियन’ को रुपमा राखियो । उनको आगमनसँगै बन्द हुन लागेको पुस्तकालय अहिले गण्डकी धौलागिरीकै नमुना बनेको छ ।

विद्यार्थीहरुलाई नै जिम्मेवार बनाएर पुस्तकालय संचालनको नयाँ अभ्यास सुरु गरेपछि मौलिक र बालमैत्री वातावरणबाट विद्यालय अगाडि बढ्यो । पुस्तकालयको व्यवस्थापनमा दर्जनौँ पुरस्कार पाएपछि तत्कालिन एसएलसी परीक्षाको सुधार गर्नकै लागि विद्यालयले उनकै नेतृत्वमा समूह निर्माण ग¥यो जसका कारण १० कक्षाको नतिजामा विद्यालयले राम्रो उपलब्धी पायो ।

विद्यालयलाई राम्रो बनाउन आफ्नो सम्पत्ति अर्पण गर्न पछि नपर्ने गणेश शर्माले आफ्नो तलबबाटै विद्यालयमा धेरै राम्रा कामहरुको अभ्यास गरेका छन् । उनकै अभियानमा विद्यालयमा खानेपानी आयोजना बन्यो । उनी दिन रात नभनी दाताको खाजीमा लागेर राम्रो चन्दा संकलन गर्न सफल भए जसका कारण अहिले विद्यालयको प्रत्येक कोठामा बेसिन सहितका धाराहरु निर्माण गरिएका छन् ।

शर्माको कामबाट विद्यालयले जिल्लामै नाम कमाउँदै विद्यालयका प्रधानाध्यापक बिष्णु शर्मा पनि कम्ती खुसी छैनन । उनी भन्छन, ‘उहाँले आफनो तलबको केही हिस्सा गरिब, दलित विद्यार्थी, विद्यालय र सामाजका अन्य काममा पनि खर्च गर्नुहुन्छ ।’ त्यो मात्र होइन तत्कालिन गाविस कार्यालयमा निशुल्क रुपमा फुर्सदमा सघाउने गरेका गणेश सरले अहिले पनि नगरपालिका र वडा कार्यालयका आपूmले जानेका कामहरु निशुल्क गर्दै आएका छन् ।

विद्यालयमा राम्रो काम गरेको देखिपछि जिल्ला र जिल्ला बाहिरका धेरै विद्यालयबाट जागिरका लागि अवसर आएको भएपनि आफूलाई त्यसमा मज्जा नआउने उनी बताउँछन् । अरुले नै विकास गरिदिएको राम्रा र रमाइलो ठाउँमा जाँदा आफ्नो कमजोर गाउँ झनै पछाडी पर्ने उनी सुनाउँछन् ।

‘पैसा मात्र कमाउँ भन्ने सोचेको भए लखपति बन्न सक्ने थिएँ, तर मलाई पैसाको लोभ छैन । आधा तलब त घर जान्न । सबै सामाजिक काममा खर्च हुन्छ,’ उनी भन्छन् । आफू जन्मेकै गाउँमा बसेर विद्यालयको माध्यमबाट ज्योती छर्नु ठूलो कर्तव्य ठान्छन उनी । थापाठानाका वडाध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन, ‘हरेक गाउँमा एउटा ज्यूँदो मान्छे चाहिने रहेछ, जसलाई केहीको पनि लोभ नहोस । स्कुलको काम पर्दा कति समय यहीँ पुस्तकालयमा बसेर घर नगएको मैले देखेको छु । उहाँकै कारण गाउँको विद्यालय जिल्लाकै नमुना बनेको छ । उहाँ यो वडाकै गौरवको पात्र हुनुहुन्छ ।’

भाग्यमा भन्दा बढी कर्ममा विश्वास गर्ने शिक्षक शर्माले बजारमा आएका नयाँ पुसतक आफ्नै पैसाले किनेर अध्ययन गर्छन् । अनि विद्यार्थीहरुलाई निशुल्क रुपमा बाँड्ने गर्छन । उनी दैनिक शिक्षण क्रियाकलापमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरु आपैmले निर्माण गर्छन् । त्यसैले पनि उनको बिषयको नतिजा हरेक परीक्षामा उत्कृष्ट आउने गर्छ । शिक्षक शर्माले व्यवस्थापन गरेको पुस्तकालय हेर्न गण्डकी प्रदेशका ठूला कलेजदेखि प्रध्यापकहरु पनि पुग्ने गरेका छन् । उनको महत्वपूर्ण देनका कारण शैक्षिक भ्रमणको एउटा रोजाई उनको विद्यालय पनि बनेको छ ।

उनले विद्यालय र समाजको लागि दिएको योगदानका कारण नै विद्यालय उत्कृष्ट शिक्षक, जिल्ला उत्कृष्ट शिक्षक, उत्कृष्ट पुस्तकालय अध्यक्ष सम्मान, धौलागिरी उत्कृष्ट पुस्तकालय व्यवस्थापन सम्मान, रुम टु रीड सम्मान, जिल्ला शिक्षा पुरस्कार, भि.वास.सी.सी पुरस्कार, साविकको गाविस सम्मान, वर्तमान वडा तथा नगर सम्मान लगायतका दर्जनौँ सम्मान र पुरस्कारहरु जितेका छन् । यस बाहेक उनले सन २०१५ मा ‘यूनिभर्सल पिस फेडरेसन’ बाट ‘एम्बासडर फर पिस अवार्ड’ पनि प्राप्त गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.