www.tandavnews.com
Fact ~ In search of truth

८८४८ मि. उक्लन कस्सिए फुर्वादिकी र निमा

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

भनिन्छ, हरेक मानिसले जीवनमा एउटा लक्ष्य बोकेको हुन्छ । त्यहि लक्ष्य प्राप्त र सपना पूरा गर्नको लागि दुई महिला कस्सिएका छन् । स लुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ की फुर्वादिकी शेर्पा (४३) र खुम्जुङकी निमा डोमा शेर्पा (३४) ले सगरमाथा चढ्ने तरखर गरेका छन् । आफ्ना श्रीमान सगरमाथा आरोहणका क्रममा गुमाउन परेको पीडालाई स्मरण गर्दै त्यही सपना पूरा गर्न उनीहरु लागिपरेका हुन् । २०१३ मा फुर्वादिकी शेर्पा २०१४ मा डोमा शेर्पाका श्रीमानहरु हिम पहिरोमा परेर ज्यान गुमाएका थिए ।

त्यहि श्रीमानको सपना पूरा गर्ने उद्देश्य बोकेर उनीहरु हिडिरहेका छन् । श्रीमानको मृत्युपश्चात परिवारको विचल्ली, छोराछोरीको शिक्षामा बाधा जस्ता समस्या भोग्न बाध्य थिए उनीहरु । परिवारको उज्जवल भविष्य, छोराछोरीलाई राम्रो शिक्षा दिने सपनाका साथ आरोहण पेसालाई अंगालेका उनका श्रीमानको मुत्युसँगै उनीहरुको सपना–सपनामै मात्र सिमित रहेको थियो ।

Batas

श्रीमान बिनाको त्यो जीवन

हिमाल चढ्न गएका श्रीमानको पर्खाइमा बसेका उनीहरुलाई मुत्युको खबरले बज्रपात गरायो । के गर्ने कसो गर्ने अनविज्ञ थिए उनीहरु । घरायसी कामगरी श्रीमानले कमाएको भरमा बसेका उनीहरुलाई निकै कठिन भयो । श्रीमानले धेरै दुःख गरेपनि काम गरेको संस्थाबाट केहि सहयोग नमिलेको फुर्वादिकी बताउँछिन् । ‘छोराछोरीको पढाईका लागि केहि सहयोग आएन,’ उनले भनिन, ‘अब त केहि सहयोग आउँछ कि ।’

नेपालको टुर्रिजम क्षेत्रलाई डेभलपमेन्ट गर्नाको लागि खटिएका श्रीमानप्रति सरकारबाट राम्रो सहयोग नआएको फुर्वादिकी बताउँछिन् । ‘अहिले भने १५ लाख आउँछ । २०१३ सम्म ५ लाख पाइँथ्यो, ’ उनले भनिन, ‘२०१४ बाटबल्ल १५ लाख दिने गरिएको हो, त्यहि पनि हाम्रो शेर्पाजातिको पूजामा नै खर्च भयो ।’

छोराछोरीका पढाइका लागि त विदेशीले हेरिदिने भए । तर घरको भाडा तिर्न, घरखर्च चलाउन गाह्रो भएपछि उनीहरु फेरि ट्रेकिङ लाइनमा हिडे । हिमाली भेगका एकल महिलाहरु गाउँघरमा बस्ने हुनाले उनीहरु जस्तै धेरैको जनजीवन कठिनाइमा गुज्रिएको हुन्छ । त्यसैले पनि आफूले गरेको कामको वल्र्डकै एकल महिलाहरुलाई हौसला मिल्नेछ भन्ने उनीहरुमा विश्वास छ ।

सगरमाथा चढ्ने सपना

थुप्रै कठिनाईको सामना गरिरहेका उनीहरुले एकपटक सगरमाथा चढ्नुपर्ने सोच बनाएका छन् । श्रीमानको मुत्युपछि ३ छोरीकी आमा फुर्वादिकी शेर्पा र एक छोरा र एक छोरीकी आमा निमा डोमा जागिरको लागि काठमाडांै गए ।

एक अर्काेसँग अन्जान रहेका उनीहरुको काठमाडौ आएपछि मात्र चिनजान भएको थियो । ‘बौद्ध घुम्ने क्रममा एकअर्काेसँग भेटघाट भएको हो । त्यहि भेटसँगै सगरमाथा चढ्ने सपना बुनेका हौ,’ उनी भन्छिन्, ‘श्रीमानको सगरमाथा चढ्ने धोको बीचमै टुटेकाले उहाँको सपना पूरा गर्ने उद्देश्य लिएर सगरमाथा चढ्ने लक्ष्य तय गरेका हौ । अहिले त्यसैका लागि दिन–रात नभनि खटिएका छौ ।’

सगरमाथा चढ्ने तयारी

सगरमाथा चढ्ने सामान्य कुरा होइन । यसका लागि मेन्टल्लि, फिजिकल्लि र आर्थिक हिसाबले राम्रोसँग परिपक्क भएको हुनुपर्छ । अप्रिल १२ गतेदेखि सुरु हुने उनीहरुको सगरमाथा आरोहण मे ३० भित्र आरोहण गरिसक्नु पर्छ ।

सगरमाथा चढ्ने भनेर हिडिरहँदा धेरै चुनौतीको समाना गर्नुपरेको फुर्वा दिकीले बताउँछिन् । ‘सगरमाथा चढ्न धेरै किसिमका तालिमको जरुरी हुन्छ त्यसका लागि ६,७ बर्ष अगाडिको पूर्व तयारी चाहिँदो रैछ । तर १ बर्षको ट्रेनिङमा हामिले धेरै कुरा सिक्ने अवसर पाएका छौ ’ उनले भने ।

खर्च आर्थिक जोह

उनीहरुले हालसम्म आउँदा विभिन्न ठाउँहरुबाट सहयोग पाउँदै आएका छन् । साथी–भाईदेखि विदेशमा भएका आफन्तहरुको उनीहरुलाई सक्दो सहयोग मिलेको छ । सगरमाथा चढ्न धेरै किसिमका पूर्वाधारहरुको आवश्यक पर्ने निमा डोमा बताउँछिन् ।

‘यसको इकुप्मेन्टहरु धेरै महंगो पनि हुन्छन्,’ उनले भनिन, ‘हरेक ठाउँमा पैसाको खर्च छ, त्यसका लागि विभिन्न इभेन्टहरुबाट फन्ट कलेक्सन गरिरहेका छौ । तीन/चार महिनादेखि बाहिरै बसेर सहयोगका लागि खटिरहेका छौ ।ट्रेकिङ अफिसदेखि लिएर ठूला–ठूला संघसस्थाहरुबाट आर्थिक संकलन गदै आएका छौ ।’

नेपाल सरकार, टुरिजम बोर्ड, टान लगायत संस्थाले हामीलाई सपोर्ट गर्नुपर्ने फुर्वादिकी बताउँछिन् । ‘सगरमाथा आरोहणमा दुईजनाको लगभग ४५ लाख खर्च हुनेछ,’ उनले भनिन, ‘हामीलाई सहयोग गर्नुपर्ने धेरै संघसस्थाहरु भएपनि कतैबाट सहयोग आएको छैन ।’

एकल महिलालाई हेरिने दृष्टि

हाम्रो समाज जतिनै विकसित भएपनि व्यवहारमा विकसित भने हुन सकेको छैन । समाजमा अहिले पनि एकल महिलालाई गरिने व्यवहार र सोचमा भिन्नता आउन सकेको छैन । फुर्वादिकी र निमा डोमा पनि यस्ता समस्याबाट अछुतो रहेनन् ।

श्रीमानको मुत्युपछि बालबच्चाको भविष्य बनाउन उनीहरु काठमाडांै गए । एकल महिला भएकै कारण कोठा देखि हरठाउँमा समस्या भोग्नुप¥यो । ‘काठमाडौमा पनि एकल महिलालाई राम्रो नजरमा नहेरिने रैछ,’ उनले भनिन, ‘ श्रीमानको बारेमा सोधपुछ गर्दा नराम्रो लाग्थ्यो ।’ यस्तै धेरै समस्याको सामाना गदै जाँदा उनीहरुले सरमाथा आरोहण गर्ने अठोट लिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.