www.tandavnews.com
Fact ~ In search of truth

आर्कषक उपहारसहित महा उत्सव महा एक्सचेन्ज मेला

पोखरा,
ताण्डव न्यूज ।
इच्छाशक्ती अटोमोवाईल्स प्रा.ली को आयोजनामा पोखरामा महाउत्सव महा एक्सचेन्ज मेला आयोजना हुने भएको छ ।

बैशाख ९ गते देखि १३ गते सम्म पोखरा सभागृहमा मेला आयोजना हुने भएको हो । मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाईकल वा स्कुटर एक्सचेन्ज गर्न सकिनेछ । एक्सचेन्स न्युनतम् मुल्य ३० हजार रुपैयाँ रहेको छ भने विल बुक अनिवार्य लिएर जानुपर्नेछ ।

मेलामा हुलास ईन्भेष्टमेन्ट मार्फत न्यूतम ब्याजदरमा स्पट फाईनान्सको सुविधा ,१४ प्रतिशत ब्याजदरमा २४ महीना सरल किस्ता र डिस्कभर मोटरसाईकलमा १९ हजार ९ सय ९९ डाउन पेमेन्टमा फाइनान्स सुविधा उपलब्ध गराउने प्रा.लीका म्यानेजर भगवान् बिजुक्छेले जानकारी दिए ।

Batas

मेलामा फ्रि–चेकअप क्याम्प , टेस्ट राइड हुनेछ । हरेक टेस्ट राइडमा आकर्षक उपहारको व्यवस्था गरिने भएको छ । प्रत्येक नयाँ बजाज मोटरसाईकलको खरिदमा ल्यापटप ब्याग,बाईक कभर,हेल्मेट,वाक्स,ग्रिप,लेगार्ड लगायतका आर्कषक उपहार प्राप्त गर्न सकिने सोरुम म्यानेजर विष्णु तिमिल्सनाले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.