www.tandavnews.com
Fact ~ In search of truth

वालिङ नगरपालिका र सेवाग्राहीबीच अब अनलाइन भुक्तानी

वालिङ ।

सेवाग्राहीले नगरपालिकालाई वा नगरपालिकाले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ ।

नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो । “स्मार्ट सिटीका रुपमा विकास गर्न लागिएको नगरपालिकालाई हामीले ‘पेपर लेस’ र ‘क्यास लेस’ नगरका रुपमा अगाडि बढाउन खोज्दै छौँ,” नगरप्रमुख खाँणले भने, “नगरपालिकाले पहिलो चरणमा क्लियरिङ हाउससँग सम्झौता गरेका छौँ भने आगामी दिनमा अन्य संस्थासँग पनि सहकार्य गर्दै लगिनेछ ।”

नगरवासी काम विशेषले वालिङभन्दा बाहिर कुनै पनि ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र सोको भुक्तानी पनि मोबाइलबाट घरमै बसेर गर्न सकिने नगरप्रमुख खाँणले बताए । “अनलाइन सेवाका लागि नगरपालिकाको टोली तयारी सकेर बसेका छौँ,” नगरप्रमुख खाँणले भने, “डिजिटल सिग्नेचरको पर्खाइमा छौँ, अनुमति प्राप्त हुनासाथ कार्यान्वयनको चरणमा अगाडि बढ्छौँ ।”

Lama collectio News Middle

नगरपालिकाले वृद्धभत्ता, कर्मचारी तथा तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेकमार्फत गरिने भुक्तानीहरु अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सकिनेछ । नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाइनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने क्लियरिङ हाउसका कार्यकारी अधिकृत प्रधानले बताए ।

“सेवाग्राही कार्यालयमा आउनै नपर्ने र लाइनमा बस्न पर्ने झन्झट नभई घरबाटै सेवा लिने र घरबाटै अनलाइनमार्फत आफ्नो बैंकको खातामार्फत नगरपालिकाको बैंक खातामा पठाउन सकिन्छ,” कार्यकारी अधिकृत प्रधानले भने ।

केन्द्रीय तहमा कार्य गर्दै आएको क्लियरिङ हाउसले अनलाइन भुक्तानी तथा यससम्बन्धी अन्य गतिविधि पहिलो पटक स्थानीय तहमा वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताए । ‘पेपर लेस’ अभियान र अनलाइन भुक्तानी सेवाका बारेमा नगरवासीलाई अभिमुखीकरण तालीम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery