www.tandavnews.com
Fact ~ In search of truth

अनाथ बालबालिकालाई सहयोग गर्न सांगीतिक कार्यक्रम

पोखरा
ताण्डव न्युज ।

सेभ द चिल्ड्रेन,सेभ द नेसनको आयोजनामा पोखरामा शनिबार म्युजिकल च्यारिटी कार्यक्रम भव्य सव्य रुपमा सम्पन्न भयो । अनाथ तथा असाहय बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको हलमा भएको थियो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले कार्यक्रम उद्घाटन पछि बोल्दै उनले संविधानमा सुनिश्चित अधिकार पूर्णरुपमा लागु हुन नसकेको अवस्थमा यस्ता कार्यक्रमले सघाउ पुग्ने बताए । उनले संस्थाले अनाथ, असाहाय तथा व्यवसारिस अवस्थाका बालबालिकाको क्षेत्रमा संस्थालाई पनि सहयोगका हात बढाउन आह्वान गरे । नेपाली काँग्रेस कास्कीका सभापती कृष्ण केसीले असाहय बालबालिका सहयोग गर्नुपर्ने सुझाए ।

Batas

च्यारिटी कार्यक्रममा गायक शिव परियार, मेलिना राई, लोकदोहोरी गायक चोलेन्द्र पौडेल, प्रकाश सपुत, नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर, सन्तोष सुवेदी, सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राखेका थिए ।

हलमा भएको साँगीतिक प्रस्तुतिमा नायक राजेश हमालको नृत्यले कार्यक्रमको माहोल अझ रोमाञ्चक बनाएको थियो । कार्यक्रम कमल पौडेलको संयोजकत्वमा भएको थियो भने सुरज थापा र निशा पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.