पोखरा ।
पोखरा विश्वविद्यालयमा चल्दै आएको विवाद निष्कर्षमा पुगेको छ ।
लामो समयदेखि ‘डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा चल्दै आएको विवाद हिजो शनिबार बसेको प्राज्ञिक परिषद्को बैठकले टुंग्याएको हो । बैठकमा एक विज्ञप्तिसहित ‘सी ग्रेड’ भन्दा तल ल्याउने अर्थात ‘डी प्लस’ग्रेड ल्याउने विद्यार्थीको भर्ना रजिष्ट्रेशन नहुने स्पष्ट पारेको छ ।

अब पोखरा विश्वविद्यालय अन्र्तगतका ४२ कलेजमा ‘डि प्लस’ ग्रेड ल्याएका र अध्यनरत ३ सय ९१ विद्यार्थीको पनि रजिष्ट्रेशन नहुने विश्वविद्यालयले जनाएको छ ।पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त ४२ कलेजले कलेजको नियमविपरी आफुखसी विद्यार्थी भर्ना लिएको भन्दै विवाद चलिरहेको थियो ।
पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा उनीहरूले विश्वविद्यालयको नियम खुलेआम मिचेर महँगो शुल्कमा नियमविपरीत विद्यार्थी भर्ना गरेर करिव चार सय विद्यार्थीको भविष्य चौपट पारेकोमा निजी कलेजलाई कारबाहीको माग गर्दै सहकुलपतिलाई कालो झण्डासमेत देखाएर आन्दोलन गरेका थिए।
विद्यार्थीले गरेको आन्दोलन नरोकिएपछि प्राज्ञिक परिषद्ले शनिबार विज्ञप्तिसहित डी प्लस ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन नहुने निष्कर्षमा पुगेको हो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.