www.tandavnews.com
Fact ~ In search of truth

भाडा नतिर्ने १० सटरमा पोखरा महागरले लगायो ताला

पोखरा

ताण्डव न्युज ।

पोखरा महानगरले पोखराका विभिन्न १० वटा ब्यवसायिक फर्ममा आइतबार ताला लगाएको छ । पोखरा महानगरपालिकाको भवनमा ब्यवसाय सञ्चालन गर्दै आएर भाडा नतिर्ने फर्ममा महानगरले कारबाही स्वरुप ताला ल गाएको हो ।

महानगरका राजस्व शाखाका अधिकृत रोम प्रसाद उपाध्यायले पटक पटक ताकेता गर्दा पनि भाडा बापतको बक्यौता रकम नउठेपछि एक्सनमा उत्रिएको बताए ।
महानगरले महेन्द्र पुल र राष्ट्रबैंक चोक गरेर १० सटरबाट कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ । महानगरले पहिलो चरणमा राष्ट्रबैंकमा रहेको आफ्नो १० वटा सटरमध्ये धेरै भाडा तिर्नबाँकी ४ वटा सटरमा ताला लगाएको हो ।

Batas

त्यस्तै महेन्द्र पुलमा करिब ३२ वटा सटर रहेपनि पहिलो चरणमा ६ वटामा ताला लगाइएको उपाध्यायले जानकारी दिए भाडा तिर्छु भन्दै म्याद सम्झौता बढाउँदै आएकाहरुलाई कारबाहीमा ल्याएको महानगरको भनाई छ । महानगरले पछिल्लो दुई महिनामा झण्डै डेढकरोड रुपैँया भाडा बापतको उठाइसकेको छ ।
जुन रकम वर्षाैँ देखिको बक्यौताको रुपमा रहँदै आएको थियो । अझै डेढ करोड हाराहारी नै रकम उठ्न बाँकी रहेको महानगरले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.