पोखरा ।
निजी विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्नुपर्ने छात्रवृत्ति लागु नगराएको विषयमा ध्यानाकर्षण गराइएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भुगोल जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो । शैक्षिक सत्र सुरु भएपछि अनिवार्य वितरण गर्नुपर्ने छात्रवृत्ति अनेक बहानामा टार्दै आइरहेकोले नियामक निकाय महानगरलाई झक्झकाएको भुगोल कमिटी कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

‘छात्रवृत्ति लागु नगराउने स्कुललाई अनुगमन गरी कारबाही थाल्न समेत ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘अनेरास्ववियुले यस विषयलाई वर्षौदेखि गम्भीरतापूर्वक उठाउँदै आएको छ । यस वर्षदेखि लागु नभए महानगर गेटमै अनसन बस्ने तयारी समेत गरेका छौं ।’
अध्यक्ष गौतम सहित ५ जना विद्यार्थी नेता छात्रवृत्ति लागू गराई अटेर गर्ने स्कुललाई कारबाहीको माग राख्दै अनसन बस्ने तयारी गरेको उनले जानकारी दिए । १० प्रतिशत अनिवार्य छात्रवृत्ति वितरण गर्नुपर्ने प्रावधान छ । तर अधिकांश विद्यालयले सो कोटामा समेत विद्यार्थी भर्ना गरी शुल्क लिँदै आएको पाएपछि अनेरास्ववियुले लागु गराउन पहल थाल्ने भएको जनाइएको छ ।
साथै, अध्यक्ष गौतमले यस वर्षदेखि सो दर बढाएर २० प्रतिशत कायम गराउन समेत माग गरिएको जानकारी दिए ।सामुदायिक स्कुलको गुणस्तर सुधार गर्दै विद्यार्थीको पढ्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेको छ। साथै निजि शैक्षिक संस्थाले लिदै आएको बार्षिक र मासिक शुल्क अबैग्यानिक भएकोले तत्काल नयाँ शुल्क निर्धारण गर्न माग गरेको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.