www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशको विकास वायुपंखी गतिमा : मन्त्री लम्साल

संजय रेग्मी,
पर्वत/ताण्डव न्यूज ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको विकास वायूपंखी गतिमा भइरहेको बताएका छन्।

स्थानीय उद्यमीहरूले उत्पादन गरेका विभिन्न बस्तुहरूलाई एकै ठाउँमा जम्मा गरेर बिक्री गर्नका लागि जिल्लाको मोदी गाउँपालिकामा निर्माण गरिएको मोदी कोसेली तथा सौगात घरको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रो प्रदेशमा औधोगिक सम्भावना उत्तिकै बलिया छन, गण्डकी प्रदेश पर्यटकीय सम्भावनाले भरिएको प्रदेश हो । त्यसैले यो प्रदेशको विकास वायुपंखी गतिमा भइरहेको छ ।’ मन्त्री लम्सालले भने ।

देशमा उद्योगको विकास हुन सकेमा मात्र सरकारले लिएको नारा जस्तै देशमा समृद्धि आउने बताउँदै उनले अहिले प्रयोगमा रहेको निर्वाहमुखी खेती र सानो परिमाणको उत्पादनले कहिल्यै पनि आर्थिक समृद्धिको परिकल्पना नहुने उल्लेख गरे । गण्डकी प्रदेश पर्यटनको राजधानी भएकाले यहाँ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय उत्पादन बिक्री गरेर प्रशस्त आम्दानी गर्न सकिने मन्त्री लम्सालको भनाई छ ।

‘प्रदेशका तीन स्थानमा यस्तै खालका सौगात गृह सञ्चालन गरिने छ, मुग्लीन, पोखरा विमानस्थल र राम्दीमा बनाइने यस्ता कोसेली घरको लागि प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।’ मन्त्री लम्सालले बताए ।

पर्यटनको प्रसङ्गमा बोल्दै उनले अहिले प्रदेशले आन्तरिक भ्रमण वर्ष मनाइरहेको र यस वर्ष १५ लाख भन्दा बढी पर्यटक प्रदेशमा भित्रयाउने लक्ष्य रहेको बताए । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको समेत मन्त्री लम्सालको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.