www.tandavnews.com
Fact ~ In search of truth

६ सय थान लागूऔषध सहित रुपन्देहीका राजेश पोखराबाट पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका –१० अमरसिंह चोकबाट ठुलो मात्रामा लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।

रुपन्देही जिल्ला लुम्बिनी नगरपालिका १२ का २८ वर्षीय राजेश लोध गोप्य सुचनाको आधारमा लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । शंकास्पद अवस्थामा भेटिएका लोधले बोकेको सेतो र निलो रंगाको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Batas

उनको साथबाट बुप्रिनर्फिन इन्जेक्सन २ एमएलको २ सय एमपुल, डाईजापाम २ एमएलको २ सय एम्पुल, फेनरागन २ एमएलको २ सय एम्पुल गरी जम्मा ६ सय थान लागु औषध बरामद भएको छ । साथै उनको साथबाट एउटा एभबच ित्भअज कम्पनीको मोबाईल पनि प्रहरीले बरामद गरेको छ ।

लोधले भारतबाट लागू औषध ल्याई पोखरामा बिक्री वितरण, ओसारपसार गर्दै आएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.