www.tandavnews.com
Fact ~ In search of truth

नेकपा एकता : यि हुन गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्ष र सचिब !

पोखरा,

ताण्डव न्यूज ।

पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टीले ७७ वटै जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ ।हिजो आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो ।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भागबण्डा गरेर अध्यक्ष र सचिबको टुंगो लगाइ नेपाल कम्यूनिष्ट पार्टीको ७० औँ वार्षिकोत्सवको अबसरमा पार्टी एकता भएको हो ।

Batas

गण्डकी प्रदेशका ११ जिल्लामा चयन भएका अध्यक्ष र सचिव तल उल्लेख गरिएको छ ।कास्कीमा अध्यक्षमा कृष्ण थापा र सचिवमा बखानसिंह तमु चयन भएका छन् । त्यस्तै तनहुँमा अध्यक्षमा केदार सिग्देल, सचिवमा राजेन्द्रकेशरी न्यौपाने, लमजुङमा अध्यक्षमा मधु अधिकारी, सचिवमा धनञ्जय दवाडी, गोरखा अध्यक्षमा लेखबहादुर थापा, सचिवमा प्रेम गुरुङ, म्याग्दी अध्यक्षमा गोविन्द पौडेल, सचिवमा हरिकृष्ण श्रेष्ठ चयन भएका छन् ।

मुस्ताङ अध्यक्षमा चन्द्रमोहन गौचन, सचिवमा सत्यनारायण शेरचन, मनाङमा अध्यक्षमा पाल्तेन छोयान गुरुङ, सचिवमा बेदबहादुर गुरुङ, बागलुङ अध्यक्षमा ईन्द्रलाल सापकोटा, सचिवमा ज्ञामनाथ गैरे ,पर्वत अध्यक्षमा पदम गिरी, सचिवमा सुदीप कुँवर, स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे, सचिवमा मीनबहादुर गुरुङ र नवलपरासी पूर्व अध्यक्षमा रोशन गाहा र सचिवमा मित्रशरण शर्मा चयन भएका छन् ।

पार्टी एक भएको भनिएपनि लामो समय पछि दुई पार्टीका संरचनागत संगठनहरु सोमबार मात्रै एक भएको घोषणा गरिएको हो । यद्यपी एकता घोषणा भएपनि नेकपाका बरिष्ठ नेताहरु तथा तल्लो तहका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.