पोखरा,
ताण्डव न्यूज ।
पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले आज सर्वोच्चमा रिट दायर गरेको छ ।
ठुला करदाता कार्यालयबाट आफुलाई निर्धारण भएको पुँजीगत लाभकर बापत चुक्ता गर्न बाँकी रकममा विमति जनाउँदै एनसेलले मुद्धा दायर गरेको हो । ठुला करदाताले सर्वोच्च अदालतको आदेशविपरित रहेको भन्दै एनसेलले अदालत गुहारेको हो । ठुला करदाताको कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको छ

। एनसेलले भने आफुले यति धेरै कर तिर्नु नपर्ने भन्दै अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँमात्र तिर्न बाँकी भएको दाबी गरेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.