www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा

पोखरा
ताण्डव न्युज ।

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल धरौटीमा रिहा भएका छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका अर्याल सोमबार आफ्नो वकिल सहित अदालत पुगेर १७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

विद्यार्थीसँग लाग्ने भन्दा धेरै रकम असुलेपछि अर्याल सहितका सञ्चालकहरुलाई मुद्धा दर्ता भएको थियो । अर्याल धरौटीमा छुटेसँगै ८ जना छुटेका छन् । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले २ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए ।

विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालकविरुद्ध उजुरी दिएका थिए । पक्राउ पुर्जी जारी भएपनि कास्की प्रहरीले खुमा अर्याललाई पक्राउ गर्न कुनै तदारुकता भने देखाएन ।

Batas

‘यो मुद्धा अदालतले हेरेको छ, अदालतले तोकेको समयमा उपस्थित नभए प्रहरीले पक्राउ गर्छ,’ कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने ।
पोखरा उच्च अदालतले भने गत फागुन ३० गते अध्यक्ष अर्याल लगायतका ब्यक्तिले दायर गरेको निषेधाज्ञायुक्त रिटमा अन्तरिम आदेश दिन नमिल्ने आदेश दिएको थियो । अदालतले फरार रहेका अन्यलाई पक्रन बाटो खोलिदिएको थियो ।

अहिले सम्म कास्की प्रहरीले अन्य कसैलाई पनि पक्राउ गरेको छैन । फरार सूचीमा रहेकाहरु वकिलसँगै अदालत जाँदै धरौटी बुझाएर रिहा हुने भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.