www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्षद्धारा १६ महिनाको तलब शैक्षिक विकासमा खर्च

गोरखा ।

गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गरेका छन् । वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महीनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका हुन् ।

वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने निणर्य भए पनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन्। “१६ महीनाको दुई लाख ८८ हजार रुपैयाँले तीन विद्यालयका बालबालिकालाई निःशुल्क अङ्ग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ”, उनले भने, “मैले यस्तो अभियान आफैँबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हुँ ।”

Batas

वडाध्यक्ष श्रेष्ठले वडाभित्रका शहीद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र शहीद लखन थापा प्रावि गरी तीन विद्यालयका विद्यार्थीका लागि उक्त रकमले अङ्ग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुगेको भए पनि अझै दुई विद्यालयमा रकमको अभाव भएको बताए । “स्कूल व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सबैलाई बोलाएर छलफल गरी अङ्ग्रेजी माध्यममा लैजानुपर्छ भनेर निर्णय भयो”, उनले भने, “कार्यान्वयनका लागि रकम जुटाउन भने समस्या भयो ।”

अहिले जारी भर्ना अभियानका क्रममा समेत वडा कार्यालयले सबै बालबालिकालाई निःशुल्क अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक दिने, पोशाक तथा खाजा उपलब्ध गराउने भन्ने प्रतिबद्धता गर्दै आएको उनले बताए । पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र बालबालिकाको आकर्षण घट्दै गएकाले उनीहरुमा हौसला प्रदान गर्न पनि वडा कार्यालयले यस्तो अभियान सञ्चालन गरी भर्ना गराउँदै आएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.