www.tandavnews.com
Fact ~ In search of truth

लाचार कास्की प्रहरी, कहिले पक्राउ पर्लान् बतास ?

पोखरा
ताण्डव न्युज ।

ठगीको आरोप लागेका बतास अर्गनाइजेसनका विपेन्द्र (विपिन) बतासलाई कास्की प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । बतास विरुद्ध व्यवसायी दालप्रसाद श्रेष्ठ र जनक पहारीले कास्की प्रहरीकहाँ दिएको जाहेरी वैशाख २ गते दर्ता भएको थियो ।

बतासले पहारीको २ करोड २५ लाख रुपैयाँ र श्रेष्ठको १ करोड ९८ लाख रुपैया गरि ४ करोड २३ लाख रुपैया ठगि गरेको आरोप छ । जाहेरी दर्ता भएपछि फरार रहेका बतासलाई एक साता बढि भईसक्दा पनि कास्की प्रहरी पक्राउ गर्न नसक्नु शंकाको विषय बनेको छ ।

Batas

कास्की प्रहरी प्रमुख तथा एसपी ओम रानाले बतासलाई पक्राउ गर्नका लागि प्रहरी दिन रात लागि परेको बताए । ‘हामी दिन रात लागेका छौँ,’ उनले भने,‘हामीले केन्द्रसँगको समन्वयमा देशैभर खोजी तिव्र पारेका छौँ । हाम्रो अपराध महाशाखाको टोली र कास्की प्रहरीको टोलीले संयुक्त रुपमा खोजी गरेको छ । कास्की प्रहरीले अवश्य पक्राउ गर्छ ।’

बतासले ठगि गरेको समाचार लेखेकै कारण ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई भने कास्की प्रहरीले वैशाख २ गते नै पक्राउ गरेका थिए ।

४ दिन अघि पक्राउ पुर्जी आएपनि कुनै जानकारी नदिई कास्की प्रहरीले बतासको प्रभावमा परि गिरीलाई पक्राउ गरी केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँ पठाएको थियो ।

बतासले पैसा र शक्तिकै आडमा सम्पादक गिरी विरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेका हुन् । सम्पादक गिरी बैशाख ४ गते जिल्ला अदालत काठमाडौँबाट साधारण तारेखमा रिहा भएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.