पोखरा ,
ताण्डव न्यूज ।
म्याग्दीमा छिमेकी छिमेकी बिच कुटाकुट हुदाँ एक घाईते भएका छन् ।
रघुगंगा गाउँपालिका–३ रानीपौवा बस्ने ६६ वर्षीय मिन कुमारी कार्की र छिमेकी प्रेम कार्की र उनको श्रीमती सुना कार्की बिच सामान्य मनमुटावको विषयमा कुटाकुट भएको हो । प्रेम र उनकी श्रीमती सुनाले छिमेकी मिन कुमारीलाई ढुङाले हान्दा मिनकुमारी घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ।

उनालाई उपचारको लागी पोखरास्थीत मणिपाल अस्पताल ल्याईएको छ । कुटपिट गर्ने श्रीमान श्रीमती दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.