www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमै पहिलो पटक जोडियो  ‘सिस्मोमिटर’ 

सजंय रेग्मी,

पर्वत/ताण्डव न्यूज । 

पर्वत जिल्लामा नै पहिलो पटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुस्मामा रहेको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।

स्वीट्जरल्याण्मा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ ओटा विद्यालयहरूमा भूकम्प मापन गर्ने यन्त्र जडान गर्ने अभियान अन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यो यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका १ म्याग्नीच्यूड भन्दा माथिका सबै भूकम्पहरूको मापन तथा रेकर्ड रहने छ ।

लोजान युनिभर्सिटीले विभिन्न देशहरूको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ओटा ‘सिस्मोमिटर’ हरुको जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययन सम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहनुभएको छ ।

विद्यालयमा ‘सिस्मोमिटर’ जोडेमा मुख्य गरी विद्यार्थीले भूकम्पको बारेमा जान्ने र बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमा नै यन्त्र जडान गरिएको उहाँले बताउनुभयो । सुवेदीका अनुसार उक्त यन्त्रले १ म्याग्नीच्यूड भन्दा माथिका सबै भूकम्पहरूलाई ४० किलोमिटर टाढाबाटै रेकर्ड गर्ने छ ।

इन्टरनेट र विद्युत्को निरन्तर आपूर्तिमा काम गर्ने यन्त्रको मोबाइल एप्स डाउनलोड गरेर पर्वतवासीहरूले पनि जहाँ कतै गएका भूकम्पहरूको बारेमा थाहा पाउन सक्ने भएका छन् । नेपाली वैज्ञानिक सुवेदीका अनुसार एक ठाउँमा यो ‘सिस्मोमिटर’ जडान गर्न कम्तीमा पनि एक लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ ।

यस अनुसार स्वीट्जरको लोजान विश्वविद्यालयले नेपालका २३ ओटा विद्यालयमा कम्तीमा २३ लाख मूल्यका ‘सिस्मोमिटर’ जडान गर्न लागेको छ । पर्वतमा जडान गरिएको ‘सिस्मोमिटर’ लोजान विश्वविद्यालय मार्पmत जोडिएकामध्ये सातौँ ‘सिस्मोमिटर’ हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.