www.tandavnews.com
Fact ~ In search of truth

अब्बल लेखनाथ

उमा विक,
पोखरा/ताण्डव न्यूज ।

म्याग्दीको विकट गाउँ पाकम । घाँसदाउँरा, खेतबारीको काम गरेर हातखुट्टा धुन पनि नभ्याई माटैसँग स्कुल दगुर्नुपर्ने बाध्यता । विकटै गाउँ भएपनि पढ्नु छ तर कृषिमा आधारित परिवार खेती किसानीको काम नगरी नहुने ।
बिहान उठेर घाँसको भारी ल्याएपछि मात्रै स्कुल जानुपर्ने अवस्था । स्कुलबाट आएपछि फेरि घाँस काट्न जानुपथ्र्यो ।

त्यति मात्रै हैन स्कुलको खाजा खाने ब्रेक टाइममा पनि घर आएर काम गरेर फेरि स्कुल जानुपथ्र्यो ।स्कुल जाने र पढ्ने त नाम मात्रै हुन्थ्यो । म्याग्दीको साविकको पाकम ८ शिवाङ गाउँ, धौलागिरी अञ्चल हाल धौलागिरी गाउँपालिका वडा नम्बर ७ का लेखनाथ केसी ।

लेखनाथले घरमा नगरेको काम केही छैन । घर लिप्ने, गाईवस्तुको भगेरा सोर्ने, पँधेरोमा गएर पानी ल्याउने, खाना पकाउने, भाडा माझ्ने, नाङलो कलाउने, गुन्द्री बुन्ने सबै काम उनले गरे । उनका बाबा शिक्षक हुनुहुन्थ्यो । देख्दा सम्पन्नशाली परिवार भएता पनि कृषिमा आधारित त्यसमा पनि परिवार ठूलो आयस्रोत सानो भएकाले दुखै थियो परिवारमा ।

अन्य साथीहरुले जसरी पढ्ने नै भनेर बस्ने समय लेखनाथलाई हुदैँनथ्यो तर सबै काम गरेपछि टुकि बालेर रातको समयमा पढ्थे ।लेखनाथ सम्झन्छन्,‘सबै काम गर्नुपथ्र्यो तर म पढाईमा अब्बल नै मानिन्थे, स्कुल पढ्दा कहिल्यै सेकेन्ड भइन् । सधै फस्ट हुन्थे । ’

बजार देख्नु नै सपना :

लेखनाथको ठूलो सपना केही थिएन । सायद उनलाई सपना देख्ने बानी नै परेको थिएन । लेखनाथ भन्छन्, ‘सपना के हो थाह नै थिएन, मेरो लागि त बजार देख्नु नै सपना थियो ।’ ‘कहिल्यै लागेको थिएन गाउँबाट बाहिर कहि जान्छु भन्ने’ उनी थप्छन् ।

लेखनाथले पहिलो पटक २०५९ सालमा बजार देखेका थिए । एसएलसी परीक्षाका लागि बेनी बजार आउनुपर्ने उनी परीक्षाको ३ तीन अघि बेनी बजार झरे । पहिलो पटक बजार देख्दा उनमा खुशीको सिमा थिएन । सम्झन्छन्, ‘पहिलो पटक बजार, फिल्म हल, सवारी साधन देख्दा मन फुरुङ्ग भाथ्यो ।’

लेखनाथले त्यो बेला मानिने फलामे ढोका एसएलसीमा पनि राम्ररी पढ्न पाएनन् । घरको समस्याले गर्दा उनले ट्युसन पनि पढ्न पाएका थिएनन् । कक्षा ९ मा रहेका १ सय ७ विद्यार्थीमध्ये ३२ विद्यार्थी एसएलसी परीक्षाका लागी पास भएका थिए । एसएलसी दिएका ३२ विद्यार्थी मध्ये लेखनाथ पास हुने एउटै विद्यार्थी थिए ।

एसएलसी पछि लेखनाथ अर्को शहर बागलुङ छिरे । बागलुङमा गएर पढ्ने सोच थियो तर पढ्नका लागि काम पनि गुर्नपथ्र्यो । उनले पढाई भन्दा पहिला जागिर खोजे । जसोतसो बोर्डिङ स्कुलमा होस्टेल वार्डेनको काम पाए । जागिरबाट उनले २ हजार रुपैयाँ तलब पाउथे ।

लेखनाथलाई जागिर र पैसा भन्दा पढ्नु थियो । उनले पोखरा गएर पढ्ने सोच बनाए । पोखरा आए । इन्जिनियर पढ्न मन थियो त्यसैले उनी पोखरा पिएन क्याम्पसमा आइएस्सी पढ्नका लागी भर्ना भए । गाउँमा नेपाली मिडियमा पढेको यता क्याम्पस आएर इङ्गलिस मिडियमा पढ्दा उनलाई साह्रै गाह्रो भयो । तर मिहेनत गरेर पढे र आइएस्सी पास गरे । तर इन्जिनियरिङ लेट इन्र्फमेसनका कारण पढ्न पाएनन् ।उनलाई पढ्नका लागि समय कत्ति पनि बर्बाद गर्नु थिएन र योजना बनाए फार्मेसी पढ्ने । मर्निङमा फार्मेसी पढ्थे दिउँसो खाली समयमा हेल्थमा बिएड जोइन्ट गरे । आफै पढेर बिएड पास गरे ।

टाइम म्यानेज :

लेखनाथले फार्मेसीको कक्षा लिन्थे तर बिएड भने आफै सेल्फ रिडिङ गरे । गाउँको एक स्टुडेन्ड, पोखरा बजारमा बसेर पढ्ने । खाजा खानको लागि पकेट मनि पनि हुँदैथ्यो । पढ्दै गर्दा खाली समयमा घरमा रङ लगाउन जान्थे र पकेट खर्च जुटाउँथे लेखनाथले ।

Lama collectio News Middle

फार्मेसी पढ्दै गर्दा लेखनाथले भद्रकालीमा रहेको नर्सिङ क्याम्पसमा क्यामेस्ट्रीको ल्याब एसिसटेन्टको अफर पाए । साँझमा महेन्द्रपुलमा रहेको स्याङ्जा औषधी पसलमा ओजिटी गरे । लेखनाथले फार्मेसी र बिएड दुवै एकसाथ पास गरे । लेखनाथ फार्मेसी टपर थिए ।

फार्मेसी सक्ने बित्तिकै उनलाई कामको लागि अफर आउन थाले । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल)मा फार्मेसी एसिसटेन्टको काम पाए । लेखनाथले बिहानमा नदीपुरमा रहेको वेस्ट्रन्ट टेक्निकल इन्सिट्युटमा पढाउथे पनि । जेनेटिक ल्बारोटरी भन्ने औषधी कम्पनीमा मेडिकल रिप्रेजेन्टेटिभको काम गरे ।

लेखनाथ भन्छन्, ‘बिहान ५ बजे देखि साँझ ९ बजे सम्मै काममा गर्थे । कमाई राम्रो हुन्थ्यो । त्यो बेला महिनामा ५०हजार जति कमाइ हुन्थ्यो ।’

ख्यालख्यालमै युके :
विदेश जाने उनको कुनै इन्ट्रेस्ट थिएन, कहिल्यै सोचका पनि थिएनन् । तर उनको आफन्तले उनलाई विदेश गए यहाँ भन्दा राम्रो कमाई र शिक्षा पाउने भन्दै विदेश प्रोसेसका लागि सल्लाह दिए । उनलाई लागेको थिएन उनी युके गइहाल्छु । आफन्तको मन राख्नलाई उनले ख्यालख्यालमै युकेको लागि प्रोसेस गरे । २८ दिनमै भिसा लाग्यो र युके गए ।

सबैको सपनाको शहर युके त गए तर उनलाई त्यो शहर आफ्नो जस्तो लागेन् ।१ हप्तामै नेपाल फर्किने सम्म सोंचे । ‘सुनेको थिए कि छोराले दुख पाउँछ कि घोडाले त्यही भनाईलाई आत्मसाथ गर्दै गइहाले पढेरै मात्र फर्किन्छु भन्ने सोचे र बसे ’ लेखनाथ भन्छन्, ‘साथीहरुले पैसा कमाउने सोचे तर मलाई पढ्नु थियो ।’

लेखनाथ ७ वर्ष युके मै बसे एमबीए पास गरे । युकेमा रहेर पढ्दा उनले ६ सय विद्यार्थी मध्ये फस्ट प्राइज अफ एकेडेमी एक्सीलेन्टको अवार्ड पाए ।

लुकेर ट्राभल :

युकेमा बस्दा २० घण्टा काम गर्थे । पढाई खर्च जुटाउनुपर्ने त्यसमा गएको ऋण पनि तिर्नुपर्ने खान बस्नुपर्ने परिस्थिती गाह्रो थियो । कहिलेकाँही ट्राभल गर्नको लागि पैसा हुँदैनथ्यो । उनी भन्छन्, ‘टे«न चढ्ने पैसा नभएर कति समय लुकेर चढ्ने ,लुकेर झर्ने पनि गरियोे । ’

सोसियल जिल

लेखनाथ युके नै बस्न सक्थे तर उनलाई अर्काको देशमा बसेर दुःख गर्नुभन्दा आफ्नै देशमा गरौ भन्ने लाग्यो । उनी युके हुँदा नेपालमा भूकम्प गएको थियो । उनलाई सामाजिक काममा इन्ट्रेस्ट थियो । युके रहँदा साथीभाईलाई उत्साहित गर्दै फन्ड उठाएर भूकम्प प्रभावितलाई सहयोग गरे ।

उनमा नेपालमै आएर सामाजिक काम गर्ने दिल थियो त्यसैले उनी नेपाल फर्के । नेपाल फकिर्ने बित्तिकै असल छिमेकी नेपाल भन्ने संस्थासँग जोडिएर भूकम्प प्रभावितलाई सहयोग गरे । लेखनाथ भन्छन्, ‘गोरखाका ५ गाउँका २ सय घर परिवारलाई घर बनाइदिएका थियौँ, त्यस्तै केयर फर ह्युम्यानिटी भन्ने संस्थामा रहेर पनि मैले काम गरे ।’

प्ल्याट फर्मको खोजिमा :

युकेमा जस्तो दुःख गरे आफ्नै देशमा राम्रो कमाई गर्न सकिने उनी बताउँछन् । लेखनाथ अहिले पश्चिमाञ्चल सामुदायिक अस्पतालमा अस्पताल इन्चार्जको रुपमा कार्यरत छन् उनी । अवसर पाए भेन्चर क्यापिटलमा काम गर्ने इच्छा छ । विदेशमा सिकेको स्किललाई युटिलाइज गर्ने राम्रो प्ल्याट फर्मको खोजिमा छु,’ लेखनाथ भन्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop