पोखरा,
ताण्डव न्यूज ।
परिवर्तनका लागि युवा सञ्जाल (युनेक)को आयोजनामा तेस्रो घाचोक माछापुच्छ्रे महोत्सव हुने भएको छ ।
घाचोक मेघराज आधारभूत विद्यालय प्राङगणमा यहि बैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने युनेकका अध्यक्ष मौसम कार्कीले बताए । ‘महोत्सवमा यस क्षेत्रको मुख्य आर्कषकको रुपमा रहेको दूध र बदामका परिकारहरु खान सकिन्छ,’ उनले भने, ‘कृषि उत्पादनहरु साथै स्थानीय हस्तकला सामग्रीहरुको समेत प्रदर्शनी गरिनेछ ।’
माछापुच्छ्रे गाउँपालिकामा उत्पादित कृषि तथा हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीसँगै यहाँको मौलिक कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गरि आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा अभिवृद्धि गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको संयोजक टेकनशोभा गुरुङले जानकारी दिइन् ।

महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु, अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, युनेक डान्सिङ आइडल(सिजन २) ग्राण्ड फिनाले, झाँकी प्रतियोगिता, रत्यौली गीत, विविध साँस्कृतिक तथा साँगितिक कार्यक्रमहरु, चर्चित हास्य कलाकारहरुको बेजोड प्रस्तुति, पप कन्र्सट, वाल उद्यान, साहित्यक कार्यक्रम, योग प्रतियोगिता, युनेक नेपाल सामाजिक सेवा पुरस्कार ०७४÷०७५ साथै होमस्टेहरुमा बस्ने व्यवस्था समेत गरिएको आयोजकले जनाए ।
२३ लाख १५ हजार खर्च गरिने महोत्सवमा कृषि तथा हस्तकलाका उत्पादनको प्रदर्शनी गर्न १५ वटा निशुल्क स्टलको व्यवस्था समेत गरिएको छ । साथै तेस्रो घाचोक महोत्सवको अवसर पारेर १५, २० घरमा होमस्टेको उद्घाटन समेत गरिने आयोजकले जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.