www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका गाउँपालिका जोड्ने सडक स्तरोन्नति शुरु

बलेवा ।

बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत ३७ लाख रुपैयाँ गरी कूल एक करोड ३७ लाख रुपैयाँ बराबरको बजेटमा सडकको स्तरोन्नतिको काम थालिएको हो । हाल रहेको एकतर्फी सडक चौँडा गरेर आठ मिटर बनाएपछि दोहोरो गाडी गुड्न सक्ने बनाइनेछ ।

Batas

यो सडकमै यसै आर्थिक वर्षमा पक्की नाली र पर्खाल पनि बनाइनेछ । ग्रेड नमिलेका केही स्थानको २०० मिटर खण्डमा सडकलाई ढलान गरी सुधार गरिने ठेकेदार कम्पनी विके कन्सट्रक्सनका प्रमुख प्रकाश घर्तीमगरले बताए । यो सडकको स्तरोन्नतिपछि दक्षिण बागलुङका दर्जन बढी गाउँमा आवतजावत सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । साँघुरो सडकका कारण अहिले यात्रुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । शनिबार प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले सडकको शिलान्यास गरे ।

सांसद पाठकले कानून निर्माणमा व्यस्त हुनुपर्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको बताउँदै आगामी दिनमा विकास निर्माणको काममा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । ग्रामीण भेगमा उत्पादन हुने सामग्री बजारसम्म पुर्याउन, पर्यटकीय गन्तव्य थप गर्न र युवालाई स्वरोजगरमूलक बनाउन ग्रामीण सडक सहज बन्नुपर्ने खाँचो रहेको पाठकले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.