www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को परीक्षामा गण्डकीका ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी

पोखरा,

ताण्डव न्यूज ।

कक्षा १२ को बोर्ड परीक्षा आजदेखि देशैभर सुरु भएको छ ।

Batas

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा देशैभरबाट ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका छन् । ती मध्ये गण्डकी प्रदेशबाट १० जिल्लाबाट ४१ हजार २ सय ६० विद्यार्थी सहभागी भएका छन् । गण्डकीको नवलपुर जिल्लाका परिक्षार्थीहरुले भने तीन नम्बर प्रदेश अन्तरगत परिक्षा दिने गरेका छन् ।

परीक्षा बोर्ड कार्यालय पोखराको अनुसार नियमिततर्फ २७ हजार ८ सय १० विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा बोर्डले देशभर १ हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १ सय २२ र सबै भन्दा कम मनाङ÷मुस्ताङ मा १÷१ वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षा आगामी बैशाख २६ गते सकिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.